१० मंसिर २०८१, सोमबार
राष्ट्रपतिद्वारा मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवन उद्घाटन

  • टाइम्स संवाददाता

  • ९ पुष २०७९, शनिबार ०६:२०

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कुइनेपानीस्थित नवनिर्मित मध्पपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गरेकी छिन् । शुक्रबार विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले शिलालेख अनावरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियानको प्रसंशा गरिन्। उनले विश्वविद्यालयले गरेको प्रगतिको प्रशंसा गरिन्।  देशको समग्र शैक्षिक सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उनले विश्वविद्यालयलाई सुझाव दिएको सहायक प्राध्यापक पञ्चदेव भट्टले जानकारी दिए।

कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका दाता मोतीप्रसाद सापकोटालाई अभिनन्दनसहित कदरपत्र पनि प्रदान गरिन्। कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार संघीय संसद्का सांसद, प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेश सभाका सांसद, विश्वविद्यालय सभाका सभासद, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत उपस्थित थिए।

Nabintech