९ मंसिर २०८१, आईतवार
रनिङ शिल्डको ब्रेक डाउन सहितको खर्च सार्वजनिक गर्न क्रियाशिल पत्रकारहरुको माग

सरकारको ७ लाख र स्थानिय बिद्यालयबाट उठाइएको १ लाख ८५ हजार कुन कुन शिर्षकमा खर्च भए सो थाहा पाउने अधिकार सर्वसाधारणको पनि


  • बिकल भट्टराई

  • ११ पुष २०७९, सोमबार ०९:२७

कोहलपुर: कोहलपुरमा क्रियाशिल पत्रकारहरुले कृष्ण मा.बि.मा भईरहेको छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको ब्रेक डाउन सहितको खर्च विवरण सार्बजनिक गर्न माग गरेका छन ।
प्रचार प्रसारमा सिमित ब्यक्तीलाई मात्र प्रचार सामाग्री उपलब्ध गराएको,  प्रचार सामाग्रि माग्दा नेपाल पत्रकार महासंघ बांके शाखा कार्य समिती सदस्य र अन्य पत्रकारहरुलाई  आयोजक बिद्यालय कृष्ण मा.बि. का प्रधानाअध्यापक दिलिप वलीले समाचार लेख्ने दायित्व तपाईहरुको हो समाचार लेख्नुस अन्य कुरामा चासो नदिनोस भन्दै अपमानित गरेको बिषयलाई क्रियाशिल पत्रकार कोहलपुरले गम्भिर रुपमा लिएको छ ।

क्रियाशिल पत्रकार कोहलपुरका अध्यक्ष निर्मल आर्चायले खर्चको फेरीहिस्त आउनु पर्छ भन्दै सरकारको ७ लाख र स्थानिय बिद्यालयबाट उठाइएको १ लाख ८५ हजार कुन कुन शिर्षकमा खर्च भए सो थाहा पाउने अधिकार सर्वसाधारणको पनि भएकाले सार्वजनिक सुनुवाई हुनुपर्छ भन्ने पहिलो माग रहेको बताए ।

एउटा खेलखकुदको प्रचार सामाग्री नपाउदैमा कुनै पनि प्रकाशन गृह बन्द हुने स्थिीत हुदैन तर स्थानिय स्तरका प्रकाशन गृहलाई किन उपेक्षा गरिएको हो क्रियाशिल पत्रकार कोहलपुरका महासचिब रबि रोकाएले कोहलपुर टाईम्ससंगको भेटमा बताए ।

पिपलबोट दैनिकका प्रकाशक चेतकान्त भट्टराईले स्थानिय रसरोकार वाला निकायको समाचार हामीले छाप्नुपर्ने, लेख्नुपर्ने तर बजेट खर्च बाहीरका मिडियामा वा एकाध सिमीत मिडियामा खर्च गर्ने परिपाटीको अन्त्य हुन नसकेकोमा आपत्ति जनाए ।

Nabintech