१७ बैशाख २०८१, सोमबार
चिसोले जनजिवन प्रभावित, कोहलपुर नगरपालिकाले दाउरा खरिद गर्दै

नगर बिपद ब्यबस्थापन समिती कोहलपुरले दाउरा खरिद गरेर शुक्रबार सम्म वडालाई उपलब्ध गराउने


  • प्रमोद रिजाल

  • १३ पुष २०७९, बुधबार १५:१६

कोहलपुर,बाँके: कोहलपुर सहित बाँकेमा ह्वात्तै चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । हुस्सु लागेसंगै विहान पख शीतलहर चल्न सुरु भएको छ ।  पश्चिमबाट चिसो बतास चल्दा जनजिवन थप प्रभावित बनेको हो ।

सोमबारसम्म घाम लागेको थियो । तर, मंगलबारदेखि एक्कासी अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । हुस्सुका कारण आन्तरीक हवाई सेवा समेत प्रभाबित भएको छ । नेपालगञ्ज रांझा बिमानस्थलबाट हिमाली तथा पहाडि जिल्लामा हुने नियमित उडान समेत प्रभावित भएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । चिसोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई चिसोले गर्दा समस्या भएको छ । कोहलपुरका सडक तथा बजार क्षेत्रमा मानिसहरुको उपस्थिती समेत पातलो हुदै गएको छ भने केहि स्थानिय ब्यापारीहरु प्लाष्टिक दाउरा बालेर न्यानोको जोहो गरिरहेको चोक तथा गल्लिहरुमा देख्न सकिन्छ ।

हुस्सुका कारण बैजनाथ,कोहलपुर, रांझा, नेपालगञ्ज, खजुरा लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरु सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

यस सन्दर्भमा कोहलपुर नगरपालिका नगर बिपद ब्यबस्थापन समितीको आज बुधबार बसेको बैठकले कोहलपुरमा चलिरहेको शितलहरलाई मध्य नजर गर्दै जिटुजि मार्फत दाउरा/मुढा खरिद गर्ने निर्णय गरेको बिपद ब्यबस्थापन समिती संयोजक पवित्रा कुमारी थारुले कोहलपुर टाईम्सलाई बताईन । उनले खरिद गरिएको दाउरा/मुढा वडाहरुलाई बितरण गर्ने र वडाहरुले आबश्यकता अनुसार नगर तथा गाउका चोकहरुमा दाउरा वितरण गर्ने योजना रहेको समेत बताईन । भोलि बिहिबार वा पर्सि शुक्रबार दाउरा मुढा खरिद गरेर वडाहरुमा पठाईसक्ने थारुको भनाई रहेको छ ।

चिसो बढेसंगै बालबालिकाहरुलाई विद्यालय जान समेत समस्या हुन थालेको स्थानिय अभिभावकहरु गुनासो गर्न थालेका छन । यस सम्बन्धमा नगर शिक्षा समिती कोहलपुरले अहिलेको अबस्थामा बिद्यालयहरुमा बिदा दिने नदिने बारे निर्णय भने गरि सकेको छैन ।

Nabintech