१७ बैशाख २०८१, सोमबार
५० प्रतिशत बिद्यार्थी मात्र सिकाई हासिल गर्न सक्षम : शर्मा

  • टाइम्स संवाददाता

  • १४ पुष २०७९, बिहीबार १६:२५

कोहलपुर, बांके: राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अध्यक्ष महाश्रम शर्माले अहिलेको शिक्षाबाट ५० प्रतिशत बिद्यार्थीले मात्र सिकाई हासिल गर्न सक्षम भएको बताएका छन । स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण शिप विकास सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीको बिहिबार कोहलपुरमा उदघाटन गर्दै अध्यक्ष महाश्रम शर्माले यस्तो कुरा बताएका हुन ।

बिद्यार्थीको स्तर मापन गर्ने प्रणाली स्तरीय हुनुपर्ने बताउदै शर्माले शिक्षकहरुमा पाठ्यक्रम र लिडमा ज्ञान हुनुपर्ने बताए । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका २५ जिल्लाका गणित, बिज्ञान र अंग्रेजी बिषयका शिक्षकहरुका निम्ति आयोजित तीन दिने कार्यशाला गोष्ठिमा बिज्ञ बिषयगत शिक्षकका तर्फबाट अंग्रेजी बिषयका कमलराज देवकोटा, शिप विकास ईकाइ बर्दियाका प्रमुख महेस देवकोटा, पुर्व परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझि लगाएतले सो कार्यशाला गोष्ठिका बारे चर्चा गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित उक्त तीन दिने गोष्ठिको ब्यबस्थापन राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर शाखाले गरेको थियो ।

भिडियो

Nabintech