नेपालगञ्ज : बाँकेमा साढे तीन महिनापछि एक जनामा कोभिड पुष्टि भएको छ । जमुनाहा नाकामा बिहीवार जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि बिहीवार पहिलोपटक कोभिड पुष्टि भएको बताए । असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन ।