१७ बैशाख २०८१, सोमबार
बाँकेमा असोजपछि पहिलो पटक देखियो कोभिड

  • टाइम्स संवाददाता

  • १४ पुष २०७९, बिहीबार १७:२८

नेपालगञ्ज : बाँकेमा साढे तीन महिनापछि एक जनामा कोभिड पुष्टि भएको छ । जमुनाहा नाकामा बिहीवार जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि बिहीवार पहिलोपटक कोभिड पुष्टि भएको बताए । असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन ।

Nabintech