२१ बैशाख २०८१, शुक्रबार
ट्रकको ठक्करबाट नेपालगञ्जमा एकको मृत्यु

  • टाइम्स संवाददाता

  • १६ पुष २०७९, शनिबार १५:०३

बाँके: नेपालगन्जमा ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २ भानुभक्त चौक नजिकै ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु भएको हो ।

सेतु बिक चौकबाट त्रिभुवन चौक तिर जाँदै गरेको ना ७ ख १७ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साइकल चालक जिल्ला दैलेख नारायन नगरपालिका–५ हाल नेपालगन्ज उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी डिसपी राम प्रसाद धर्तिमगरले जानकारी दिनुभएको छ ।

Nabintech