२१ बैशाख २०८१, शुक्रबार
खजुरा क्यान्सर अस्पतालमा आइसियु सञ्चालनमा आउँदै

अस्पतालमा हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनलीसम्बन्धीको क्यान्सरको उपचार हुदै आएको छ


  • टाइम्स संवाददाता

  • १६ पुष २०७९, शनिबार १५:४४

खजुरा, बांके: खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसियु सञ्चालनमा आउने भएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक कार्डियोथारासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराईका अनुसार अस्पतालमा तत्काललाई चार बेडको पोजिटिभ प्रेसर आइसियु सञ्चालनमा आउन लागेको हो ।

उक्त आइसियु क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने भट्टराइले बताए । आइसियुका लागि बेडहरुको व्यवस्था भइसकेको छ भने कर्मचारीको व्यवस्था गरेर सञ्चालनमा ल्याइँदै छ । डा। भट्टराईका अनुसार अस्पतालका डा। मनु भट्टराईको नेतृत्वमा आइसियु सञ्चालन हुनेछ । आइसियुका लागि कर्मचारीहरुलाई तालिक दिएपश्चात आइसियु सञ्चालनका आउनेछ ।

आइसियु नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुलाई भर्ना गर्न र गम्भीर प्रकृतिका अप्रेसन गर्दा जोखिम उठाएर गर्नुपर्ने अवस्था छ । अहिले बनेको आइसियु सञ्चालनमा आएका १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको भट्टराईले बताए । आइसियुका लागि बेडहरु निर्मल लामा प्रतिष्ठानले उपलब्ध गराएको उनको भनाइ छ ।

डा. भट्टराईले खरिद भएर भन्सारमा अड्किएको लिनायक मेसिन आयातको पनि प्रक्रिया पूरा भइ अस्पतालमा आउन लागेको जानकारी दिए । करिब दुई हप्ताभित्रै मेसिन अस्पतालमा आइपुग्ने र करिब तीन महिनाभित्र उक्त मेसिन सञ्चालमा आउने डा। भट्टराईको भनाइ छ । लिनायक मेसिनले रेडियो विकिरणमार्फत क्यान्सरको उपचार गर्ने हुँदा त्यसबाट निस्कने रेडियो विकिरण बाहिरी वातावरणमा चुहिन नदिन बंकर आवश्यक पर्छ । तर मेसिन राख्न बनाइएको बंकरको निर्माणमै त्रुटि हुँदा पानी भरिएर वर्षातमा जलाम्मे हुने गरेको छ । उक्त समस्या समाधानका लागि पानी भरिन नदिन मर्मत कार्य सुरु हुन लागेको पनि उनले जानकारी दिए ।

यसका साथै अस्पतालमा दुईजना मेडिकल अधिकृतहरु पनि थप्नका लागि पहल गरिरहेको उनले बताएका छन् भने ओएनएम स्वीकृतिका लागि पनि पहल गरिहेको जनाएका छन् । अस्पतालमा हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनलीसम्बन्धीको क्यान्सरको उपचार विशेषज्ञ डाक्टरबाट र अन्य क्यान्सरको अनुभवी र तालिमप्राप्त चिकित्सकहरुबाट उपचार भइरहेको छ भने क्यान्सरको परीक्षणको सेवा प्रदान भइरहेको छ । मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, रोगको पीडा, तनावलगायका अन्य समस्याहरुको उपचार गर्ने सेवा पनि अस्पतालमा उपलब्ध छ । न्युज स्रोत मिसन टुडे

Nabintech