• १५ माघ २०७९, आईतवार
आफ्नै खर्चले वन्यजन्तु संरक्षण गर्ने नेचर हिरो गोविन्द

  • टाइम्स संवाददाता

  • १६ पुष २०७९, शनिबार १५:५३

बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन्। चारैतिरको दृश्य हेर्दा मनमष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन। जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ।  चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन। जीवजन्तुको आवाज गुञ्जिने बित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरू।  त्यही जंगलहरूका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरूमा पुग्नुहुन्छ जाजरकोटको बारेकोटका गोविन्द सिंह। उहाँ जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन्।

गुलेली किन्ने, पासो निकाल्ने

गाउँलेहरूलाई गुलेली नबनाउन र नबोक्न अनुरोध गर्नुहुन्छ। पसलहरूमा पुगेर समेत गुलेली नबेच्न आग्रह गर्नुहुन्छ। कसैले बेच्न राखेको रहेछ भने आफैँ किनिदिन्छन।

जीवजन्तु र चराचुरुङ्गीका भगवान र सिकारीका लागि पागल बहुलाह कहलिएका उहाँ गाउँभरि देखे सुनेका गुलेली किन्नुहुन्छ। चराचुरुङ्गीको बाच्ने अधिकार सुनिश्चित गर्नुहुन्छ। अहिले उहाँसँग गुलेलीको थुप्रो छ। उहाँसँग अहिले पाँचसय गुलेली छन्। २६० वटा पासो निकालेको अनुभव छ। चराहरूको संरक्षणका खातिर गाउँघरमा भए सुनेका गुलेलीहरूले किन्छु,’ उहाँले भन्नुभयो, ‘मानिसहरू गुलेली किनेर चरा नमारून भनेर मैले आफ्नो गाउँतिरका पसलमा भेटे जति गुलेली किन्छु र आफैंले राख्छु ।’

उहाँको यस्तो व्यवहार उहाँका गाउँलेलाई अनौठो लाग्छ। कतिपयले दाताबाट पैसा ल्याएर जंगल घुम्छ भन्छन। कतिपयले त उनलाई बिदाको समयमा घरको काम नगरेर जंगल घुम्नेवाला बहुलाहा, कुकुरले टोकेको मान्छे समेत भनिदिन्छन्।

समाजको दृष्टिकोण यस्तो नकारात्मक भए पनि निराश हुनुहुन्न उहाँ। आफ्नै लगानी र इच्छाले वन्यजन्तु तथा चराचुरूंगीको उद्धार गर्नुहुन्छ। व्यक्तिगत खर्च गरेरै पनि चोरी शिकार नियन्त्रणमा लाग्नुभएको छ।

पासो फेला पारेर ल्याउनेलाई पारिश्रमिक

प्रकृतिमा रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरू छन् र मानव जीवन अस्तित्वमा छ। यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितीमा पुरा पर्यावरण सन्तुलन नै बिग्रन्छ। त्यसपछि न प्राण रहन्छ, न प्राणी।

हाम्रा पूर्खाहरूले यो कुरालाई निकै गहन र मिहिन ढंगले अनुभूत गरेका थिए। त्यसैले उहाँहरूले प्रकृतिलाई पूज्दै आए। प्रकृतिलाई नै ‘देउता’ माने, जो दृश्यरअदृश्य रुपमा सर्वत्र छाएका छन्। बोट–बिरुवा, वनजंगल, हावा, पानीदेखि चराचुरुंगी, सर्पसम्म मानव जीवनका अभिन्न सहयात्री हुन भन्ने बोध गरेर यिनीहरूको पूजा गर्ने र संरक्षण गर्ने विधी अपनाए। तर, अहिलेको समाज स्वार्थी बन्दै गएको छ। सबै मास्न मात्र खोज्न् संरक्षणमा कमैले मात्र चासो राख्छन्। म नै खाउ म न गरुँ भन्ने र आफ्नो र आफ्ना लागि मात्र गर्नेको जमात बढ्दो। त्यही जमातमा अरुका लागि गरौँ भन्ने एक उदाहरण गोविन्द हुनुहुन्छ।

आफ्ना लागि नभएर जीवजन्तु र चराचुरुंगीका लागि आफ्नो आधा तलब जंगलमा खर्च गर्नुहुन्छ। त्यो पनि मानवले नै जंगलमा मृग मार्न फलामको पासो थापिएको हुन्छ। मोटरसाइकलको चेनबाट पनि पासो बनाइएको हुन्छ। उहाँ पासो भेटेसम्म आफैं निकाल्नुहुन्छ। कहिलेकाहीँ पारिश्रमिक दिएर पनि पासो खोज्न कसैलाई जंगल पठाउनुहुन्छ।

‘भेटाएसम्म आफैं ९पासो० उठाउँछु, नत्र अरू मानिसलाई व्यक्तिगत रूपमा पैसा दिएर पनि जंगल पठाउँछु,’ उहाँ भन्नुहुन्छ, ‘जंगलमा सिकारीले थापेको पासोमा परेर जीवजन्तु र जनावार नमरुन भन्नका लागि एउटा पासो निकालेको पाँच सय रुपैयाँसम्म दिने गरेको छु।’

अहिलेको यो समयमा जीवजन्तु र चराचुरुंगीका लागि आफ्नो आधा तलब बाढ्ने सम्भवत उहाँ एक्लै होला। त्यसैले त गाउँमा उहाँलाई पागल र बहुलाह भन्नुभयोर होच्याउछन्। त्यसरी जंगल पसेकाले ल्याएको पासो गनेर पैसा दिनुहुन्छ। चोरी शिकारीबाट जंगली जनावर जोगाउन जंगलबाट पासो उठाउने गरेको उहाले बताउनुभयो।

संरक्षणसँगै नयाँ वन्यजन्तु र चरा खोजी गर्नु गोविन्दको उद्देश्य

गोविन्दको वन्यजन्तु संरक्षणमा मात्र चासो सिमिति भने होइन। उहाँ वन्यजन्तु संरक्षणसँगै जंगलमा भेटिने कसैले नदेखेका नभेटेका वन्यजन्तु र चरा खोजी गर्नु पनि उहाँको उद्धेश्य हो। नयाँ वन्यजन्तु र चराचुरुंगी खोजी गर्नका लागि १५ दिन जंगलमै बसेको पनि उहाँ स्मरण गर्नुहुन्छ।

नयाँ वन्यजन्तु र चरा खोज्नका लागि उहाँ जंगलमा उहाँ सुरक्षित रुपमा ओडारमा बास बस्छन।  सातु, चिउरा, दालमोठ, बदामजस्ता घरबाट लिएका खानेकुरा बोकेर जानुहुन्छ। गोविन्द हाल सर्प, गिद्ध र पुतलीको अध्ययनमा हुनुहुन्छ।

‘आफ्नो जिल्लामा दुर्लभ वन्यजन्तु केके छन् भनेर खोजी गर्ने अभियान पनि हो। जंगलमा भेटिएका घाइते वन्यजन्तुको उद्धार गरी घरमै उपचार गर्ने गरेको छु,’ उहाँ भन्नुहुन्छ, ‘हाम्रोतिर चोरी शिकारी धेरै छ। वन्यजन्तु अकालमा मर्नबाट जोगाउने मेरो उद्देश्य हो।’

जाजरकोटको पूर्वी भेगका जंगल घुम्ने क्रममा आफूले चार जातका हिमाली गिद्धका ३४ वटा गुँड भेटाएको गोविन्दले बताउनुभयो।

उहाँका अनुसार नेपालमा तीस वर्षदेखि नभेटिएको दुर्लभ वन्यजन्तु कालो ओत ९युरेसियन ओटर० बारेकोटको जंगलमा भेटिएको छ। यसलाई उहाँले आफ्नो अध्ययनको निकै महत्वपूर्ण उपलब्धी मान्नुभएको छ।

विश्वका दुर्लभ वन्यजन्तुमध्ये रातो पान्डा, कस्तुरी, ब्वाँसो, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिज जाजरकोटका जंगलमा भेटेको उहाँले बताउनुभयो। उहाँले आफूले भेटेका जनावरको फोटो खिच्ने गर्नुभएको छ।

आफ्नै रुची आफ्नै खर्च

गोविन्दका अनुसार उहाँले यस्तो काम आफ्नै रुचिमा गर्नुभएको हो। यसमा लाग्ने खर्च पनि उहाँको निजी हो। खर्चको विषयमा मानिसहरू उहाँको कुरा पत्याउँदैनन्। भित्र भित्रै कुनै दाताको पैसामा चलेको शंका गर्छन्। ‘जंगलमा गएर मैले वन्यजन्तु र चराचुरूंगीको उद्धार गर्दा मानिसहरू डोनर ९दाता० बाट पैसा ल्याएर गरेको भन्छन् पैसा कमाउँछ भन्छन,’ गोविन्दले भन्नुभयो, ‘कतिले त आफ्नो तलब खर्च गरेर जंगल घुम्न बहुलाहा कुकुरले टोकेको छ र पनि भन्छन् मलाई यसमा कुनै गुनासो छैन। मेरो अभियान जारी रहन्छ।’

उहाँ जाजरकोटमा मात्रै सीमित हुनुहुन्न। सुर्खेत, दैलेख, सल्यान, रूकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, बाँके र बर्दियाका पनि जंगल घुम्नुहुन्छ। बारेकोट गाउँपालिकामा दुई वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभयो। त्यसबेलाचाहिँ जंगल पस्न भ्याउनुभएन। उहाँले भन्नुभयो, ‘प्रमुख जिम्मेवारीमा भएकाले जंगलतिर जान खासै समय मिलेन, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेँ।’

उमेरअनुसार उहाँको सेवा अवधि पाँच वर्ष बाँकी छ। यतिन्जेल आफ्नो अभियान जारी रहने उहाँले बताउनुभयो। आफ्नो अभियानमा हालसम्म निजी रूपमा करिब दश लाख रुपैयाँ खर्च भएको बताउनुभयो।

उहाँलाई सेवा निवृत्त भएपछि आफ्नो अभियान के होला भन्ने चिन्ता लाग्न थालेको छ। उहाँ भन्नुहुन्छ, ‘अहिले पो तलब आउँछ र खर्च गर्न पाउँछु। जागिर छोडेपछि त पैसाको समस्या हुन्छ।’

आफूले गरेको अध्ययन दस्तावेजका रूपमा विकास गर्ने उहाँको योजना छ। उहाँका अनुसार हालसम्म नेपालमा ८८७ प्रजातिका चरा पाइएको रेकर्ड छ। उहाँले तीन सय प्रजातिका चराको फोटो खिच्नु भएको छ। ‘मैले वन्यजन्तु र चराचुरूंगीका तस्वीरहरू जानकारीसहित दस्तावेजका रूपमा राख्न सकेँ भन्नुभयो पछिल्लो पिँढीलाई पनि सजिलो हुन्छ भन्ने लागेको छु,’ उहाँले भन्नुभयो।

गोविन्दका अनुसार जाजरकोटको बारेकोट क्षेत्र दुर्लभ रातो पान्डा पाइने ठाउँ हो। त्यस क्षेत्रमा बर्सेनि ती पान्डाका छालासहित मानिसहरू पक्राउ पर्ने गरेको उहाँले बताउनुभयो। दुर्लभ जनावरको संरक्षणका लागि उचित व्यवस्था नभएको उहाँ बताउँछन् ।

जनावरबाट लखेटिएपछि

जंगल घुम्नु सजिलो काम होइन, अझ एक्लै त झन गाह्रो। कयौंपटक हिंस्रक जनावरका सामुन्नेमा पनि परेका छन् तर अप्रिय केही भएको छैन।

‘जाजरकोटको पश्चिम क्षेत्रको जंगलमा एक्लै थिएँ। चितुवा फेला पर्‍यो, दश मिटरजति पर थियो। त्यो त मतिरै आउन खोज्यो,’ उहाँले छ वर्षअघिको एउटा घटना सुनाउनुभयो, ‘बीचमा रूखबाट एउटा लंगुर हाम फालयो, लंगुर ओरालो दौडियो। चितुवा त्यसैलाई लखेट्दै गयो, म बचेँ।’

एकपटक उहाँ जाजरकोटको सबभन्दा अग्लो ठाउँ कराइँचुली हिमाल क्षेत्रमा पुग्दा भालुसँग जम्काभेट भयो। उहाँले भन्नुभयो, ‘भालुले झम्टिन खोज्यो। म ठूलो स्वरमा कराएँ। भालु आफ्नो बाटो लाग्यो, म आफ्नो बाटो लागेँ।’

गोविन्द आफ्नो परिवारको पारिवारिक खर्च धान्नुपर्ने एक्लो रोजगार व्यक्ति हो। तर, पनि उहाँ आफनै व्यक्तिगत स्रोतबाट वनजंगल र वन्यजन्तुको संरक्षणमा जुटेको बिरेन्द्र एैश्वर्य माध्यामिक विद्यालय लिम्सा बारेकोटका प्राचार्य गोरख बहादुर सिंह बताउनुहुन्छ।

‘उहाँ ९गोविन्द० जी आफ्ना छोराछोरी मात्र होइन, भाइहरूको परिवारको पनि खर्च धान्नुपर्ने जिम्मेवारी भएको व्यक्ति हो। उहाँ आफ्नो तलब खर्च गरेर सामाजिक काम गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँले वन्यजन्तु अध्ययन र संरक्षणमा जति काम गर्नु भएको छ त्यो सबै व्यक्तिगत खर्चमा हो।’

नेचर्स हिरो अवार्डबाट सम्मानित

प्रकृति र वन्यजन्तुलाई प्रिय साथी मानेर संरक्षणमा अभियानमा जुट्ने प्रकृति संरक्षण गर्ने जुट्नेलाई प्रदान गरिने पुरस्कार हो- नेचर हिरो अवार्ड। सोही योगदान गर्न जुटेका अभियान्ता सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित हुनुभयो । गत मंसिर १७ गते नेपाल पंक्षी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा उहाँ बर्डलाइफ ९नेचर्स हिरो०को उपाधि सहित सम्मानित हुनुभएको हो।

स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पुर्‍याउने सिंह र बर्दियाका राम शाहीलाई बर्डलाइफ प्रकृति नायकको उपाधीबाट सम्मानित गरिएको थियो। प्रकृतिको संरक्षण, जीबजन्तु र पशुपंक्षीको संरक्षण, खोज र अनुसन्धानमा महत्वपुर्ण योगदान पुर्‍याउने दुई जनालाई प्रकृतिका हिरो अवार्डबाट सम्मानित गरिएको पंक्षी संरक्षण संघका अध्यक्ष डा। करण शाहले बताउनुभयो।

नेपालबाट दुई जनाको नाम छनौट गरिएको हो। बर्दिया जिल्लाको बर्दिया नेचर कन्जर्भेसन क्लबका अध्यक्ष रामबहादुर शाही र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेर समग्र जिल्लाको प्रकृति संरक्षणमा योगदान पुर्‍याएका बहादुर सिंहलाई एक कार्यक्रम बिच सम्मानित गरिएको थियो। यी दुई जनाले विश्वभरबाट छनौट भएर आएका अभियन्ता सँग प्रतिस्पर्धा गर्नुहुनेछ।

कम्मरको एकातिर पटुकी झैँ कसक्क कसेको खुरपेटोमा हँसिया। काँधमा क्यामेरासँगै ट्राइर्पोट र घाँटीमा दुरबिन। जाजरकोटको बारेकोटका जंगलहरूमा उकाली ओराली गर्दाका साथी हुन्। गोविन्दका साथी हुन्। यिनीहरूसँगको सम्बन्ध अटुट र गहिरो छ। घाटीमा भिरेको दुरबिनले टाढा टाढाको दृश्यलाई आखामा मात्र अटाएर सिमित राख्दैनन्। त्यस्लाई गहिरो खोज, अनुसन्धान गरेर त्यस्को पिँधसम्म पुग्छन्। काधमा बोकेको क्यामेराले मोतिझै टल्केका सेता हिमाल र प्रकृतीलाई क्यामेराको लेन्समा कैद गर्नुहुन्छ।

यि साथीसँगै वन्यजन्तु र चराचुरुङ्गी उहाँका प्रिय साथी हुन्। यीनै प्रिय साथीहरू मध्ये सिकारीले थापेको पासोबाट घाइते भएकाहरूको उद्धारसँगै क्यामेराको लेन्समा तस्बीर कैद गर्नुहुन्छ। उद्धार गर्ने क्रममा कहिले मृगलाई पासोबाट उम्काएर सँगै साथी बनेर जंगलमा छोडिदिनुहुन्छ। त, कहिले लाटोकोसेरोलाई उद्धार गरी उपचार गरेर जंगल पठाउनुहुन्छ।

कहिलेही दुरबीनबाट टाढाको सुन्दर दृश्य आखामा राख्नलाई र फोटो क्यमेराको लेन्समा मात्र अट्नलाई मात्र होइन। जसरी सिङ्गो हिमालको दृश्य र दुरबीनबाट टाढाको दृश्य पनि नजिकबाट देख्छन् त्यसरी नै जंगलमा रमाएका विभिन्न जीव जनावर र चराचुरुङ्गीको हालखबर नियालेका हुन्छन्। जीवजन्तु र चराचुरुङ्गीको बाच्ने अधिकार सुरक्षित राखेका हुन्छन्। मानव नै हिंस्रक बनेको यो समाजमा उहाँ जनावरको जीवन सुरक्षामा सैनिकको भुमिका निर्वाह गरिरहनु भएकव छ। जीवजन्तु र चराचुरुङ्गीहरूलाई आपतविपतबाट मुक्ति दिने भगवान र सिकारीका लागि पागल, बहुला र दुश्मन नै कहलिनुभएको छ उहाँ। २०४४ सालमा सरकारी सेवा सुरू गरेका उहाँ जुम्लामा बाह्र वर्ष बस्नुभयो। जाजरकोट बसेको बीस वर्षभन्दा बढी भयो। पेशाले भेटेरेनरीतर्फका सरकारी अधिकृत हुनुहुन्छ उहाँ। बारेकोट गाउँपालिकामै कार्यरत हुनुहुन्छ। यसरी नै वन्यजन्तु र चराचुरूंगीको खोजी र उद्धार गर्न थालेको एक दशक हुनै लाग्यो।

गोविन्द बिहानको झिसमिसेमै घामको किरण नझुल्किनु पहिले जङ्गल पुग्नुहुन्छ। जङ्गल घुमेर वन्यजन्तु र चराचुरूंगीका तस्वीर खिच्नुहुन्छ कतै चोरी शिकार गर्नेहरूले मृग मार्न पासो थापेका रहेछन् भने निकाल्नुहुन्छ । पासोमा परेर घाइते भएका जनावर उपचार गर्नुहुन्छ। लामो उपचार चाहिने भए घरै लैजानुहुन्छ जंङ्गलमा चोरी सिकारी गर्नेको संख्या बढ्दो छ,’उहाँले भन्नुभयो, ‘जङ्गलमा पासोमा परेका जीवजन्तुको उद्धार गर्छु। घाइते भएकालाई उपचार गर्छु र लामो उपचार गर्नुपर्ने भए घरमै लिएर उपचार गरेर जङ्गलमै छोड्दिन्छु।’

पेशाले भेटेनरी तर्फका सरकारी अधिकृत हुनुहुन्छ । हाल बारेकोट गाउँपालिकामा कार्यरत हुनुहुन्छ । अफिस समय अफिसमा बिताएर साँझ र बिहानको समय जंगलमा बिताउनुहुन्छ । व्यक्तिगत रुपमै आफ्नो तलबको ५० प्रतिशत रकम जङ्गलका लागि छुट्याउदै आएका छन्।

Nabintech