१५ चैत्र २०८०, बिहीबार
अन्जु न्यौपानेको ‘लुकेको वासना’ विमोचन

  • टाइम्स संवाददाता

  • ६ माघ २०७८, बिहीबार ११:३०

कोहलपुर (बाँके) : उपन्यास लेखनमा लागेको छोटो समयमा कोहलपुर की अन्जु न्यौपानेको दोस्रो किर्ति ‘लुकेको वासना’ बुधबार विमोचन भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा न्यौपानेको उपन्यास ‘लुकेको वासना’ पुस्तक विमोचन भएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ट साहित्यकार सनत रेग्मी लगाएत अतिथिहरुले उपन्यासको विमोचन गरेका हुन ।

विमोचन गर्दै साहित्यकार रेग्मी यो उपन्यास बैचारिक रुपमा सफल र आख्यानको रुपमा कमजोरको रहेको औल्याएका थिए । रेग्मीका अनुसार समसामायिकता र मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको दाबी गरे ।

साहित्यकार, समालोचक ईश्वरी रिजालले ‘लुकेको बासना’को समिक्षा समेत गरेका थिए । कार्यक्रममा महिला व्यवसायी संगीता सुवेदी, पत्रकार पोषण केसी, साहित्यकार सुमित्रा न्यौपाने लगायतले मन्तव्य राख्दै न्यौपानेलाई शुभकामना व्यक्त गरेका थिए ।

न्यौपानेको पहिलो उपन्यास ‘मोड’ तीन वर्षपहिले कोहलपुरमा विमोचन भएको थियो । बिमोचन कार्यक्रमको अध्यक्षता हाम्रो साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल न्यौपानेले गरेका थिए ।

Nabintech