११ बैशाख २०८१, मंगलवार
कोहलपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सरोकारवालाका लागि अभिमुखिकरण सम्पन्न

  • टाइम्स संवाददाता

  • ७ माघ २०७८, शुक्रबार १८:१९

कोहलपुर (बाँके) :  यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि समाजमा समान अधिकार र अवसर हुनुपर्ने बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

कोहलपुर नगरपालिकाको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारको लागि वकालत गर्दै आएको पश्चिम तारा नेपालले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सरोकारवालाहरुको सम्बन्धमा अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कोहलपुर नगरपालिकाको उपप्रमुख सञ्जुकुमारी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समस्या र चुनौतीको बारेमा जानकारी गराएकी थिईन । उनले यौनिक तथा लैङ्गिक अल्प संख्यकलाई घर परिवार र समाजले गर्ने विभेदका बारेमा जानकारी गराउदै सबै अधिकारी समान अधिकार हुनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा जेनिसा खड्काले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको रुपमा आफु सार्वजनिक भएपछि घरपरिवारले सहयोग गरे पनि समाज र सांथी भाईले गरेको व्यवहारका कारण आफ्नो पढाई बीचमै छाड्नु परेको तथा अन्य विभेद भोग्नु परेको बारेमा जानकारी गराएकी थिईन ।

कोहलपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख घटना शाहले सहजिकरण गरेको कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष संगिता सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलगायतले बिभेद रहित समाज निर्माणको लागि आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

 

Nabintech