१४ बैशाख २०८१, शुक्रबार
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

  • टाइम्स संवाददाता

  • ९ माघ २०७८, आईतवार १३:३४

काठामाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई कोरोना संक्रमण देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा उनीहरु दुबै जनालाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ ।

उनीहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीलाई पहिलो पटक कोरोना संक्रमण भएको हो । उच्च सावधानी अपनाउँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक तेस्रो लहरमा भने संक्रमित बन्न पुगेका हुन ।

अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएका कारण आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितीका बारेमा व्यक्त गर्ने धारणा वक्तव्य मार्फत एमालेले केहीबरेमा सार्वजनिक गर्ने सचिवालयले जनाएको छ ।

 

Nabintech