१३ बैशाख २०८१, बिहीबार
आइपुग्यो १६ लाख ६० हजार डोज मोडर्ना खोप

  • टाइम्स संवाददाता

  • ११ माघ २०७८, मंगलवार १६:५०

नेपालमा कोरोना भाइरस विरूद्धको मोडर्ना खोप १६ लाख ६० हजार डोज आएको छ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ। उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ । रासस

Nabintech