७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जको न्युरोडमा शिवशिखर सहकारीको एटिएम सेवा सञ्चालनमा

  • टाइम्स संवाददाता

  • ११ माघ २०७८, मंगलवार १८:०९

नेपालगञ्जको न्युरोडमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रुपमा वित्तिय सेवा उपलब्ध गराउने उदेश्यले सहकारीले एटिएम सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार आफना सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना अनुसार नेपालगञ्जमा समेत एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । यो तेश्रो एटिएम काउन्टर हो ।

नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शम्शेर राणाले एटिएम सेवा शुरुवातको शुभारम्भ गरेका हुन । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न २४ स्थानमा आफनो सेवा केन्द्र विस्तार गरेको छ ।

मेयर राणाले सहकारी संस्थाहरुले यस्ता आधुनिक सेवा सञ्चालन गर्दा शेयर सदस्यहरुलाई वित्तिय कारोवार गर्न धेरै सजिलो हुने बताए । नेपालगञ्जमा यस किसिमका सेवा आउँदा सहकारीका सदस्य बाहेकका अन्य नगरबासीलाई समेत फाइदा पुग्ने उनको भनाई थियो ।
संस्थाले माघ महिना भित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याउने तयारी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।

 

Nabintech