७ बैशाख २०८१, शुक्रबार
तीनै तहको निर्वाचन एकै पटक राष्ट्र हितमा  : नेता गिरी

  • टाइम्स संवाददाता

  • ११ माघ २०७८, मंगलवार १८:४५

नेपालगञ्ज :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले राज्यलाई आर्थिक भार नपर्ने गरी तीनै तहको निर्वाचन एकै पटक हुनु पर्ने बताएका छन् ।

प्रेस युनियन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य गिरीले सो कुरा बताएका हुन ।

उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जान खोज्दा आफु पहिलो पटक संसद विघटन हुँदाको समयमै निर्वाचनमा जानु पर्छ भनेर वकालत गर्ने व्यक्ति भए पनि राज्यको हितका लागि तीनै तहको निर्वाचन एकै पटक हुनु राम्रो हुने ठोकुवा गरे ।

फरक प्रसंगमा बोल्दै पार्टीभित्र कुनै गुट उपगुट हुन नहुने कुरामा जोड दिदै नेता गिरिले गुटरहितको काँग्रेस भएमा मात्र यसले मुलुकको भविश्य कोर्न सक्ने बताए ।

‘पार्टीको महाधिवेशनमा को कता लाग्यो भन्ने कुरा भन्दा पनि महाधिवेशन सकिएपछि अबको पालो भनेको काँग्रेसलाई बलियो बनाउने हो सबैले त्यतै तिर लाग्न आवश्यक रहेको छ’–उनले भने ।

राष्ट्रिय सभाको निर्वाचनको लागि गृह नगर दाङ्ग जाने क्रममा नेता गिरी नेपालगञ्ज आएका हुन ।

Nabintech