१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाको सहयोगमा ईप्रकाले निर्माण गर्यो महिला थुनुवा कक्ष

  • टाइम्स संवाददाता

  • १५ माघ २०७८, शनिबार १०:१७

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा महिला थुनुवाहरुका लागि निर्माण गरिएको महिला हिरासतको विधिवत उद्घाटन गरि सञ्चालनमा ल्याईएको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटवहादुर रावतले एक कार्यक्रमका विचमा सो महिला थुनुवा भवनको उद्घाटन गरेका हुन । कोहलपुर ईलाका प्रहरी कार्यालयमा जिल्लाको भन्दा बढी मुद्धाहरुको चाप रहेको र धेरै थुनुवाहरु हुदा भएको कक्ष सानो भएको गुनासो आएपछि नगरपालिकाले १६ लाख आर्थिक सहयोग गरेर महिला थुनुवाहरुको लागि हिरासत निर्माण गरिएको उनले वताए ।

कोहलपुर ईलाका प्रहरी कार्यालयले तीनवटा स्थानीय निकायहरुको शान्ति सुरक्षा हेर्ने गरेको कारण यसको पूर्वाधार विकासमा सवै स्थानीय निकायले सहयोग गर्नु पर्ने धारणा राखे ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले अहिले ईलाका प्रहरी कार्यालयमा थुनुवाहरुको चाप धेरै भएकाले सवै स्थानीय सरकारहरुले पनि सानो सानो सहयोग गरेमा ईलाकाको ठूलो काम हुन सक्ने वताए ।

उनले जनताको शान्ति सुरक्षाको लागि रात दिन खट्ने प्रहरीलाई स्थानीय सरकारहरुले सहयोग गरेको देखिदैन । तर, कोहलपुर नगरपालिकाले सहयोग गरेर भवन निर्माण गरिदिएकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद समेत दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले भौतिक पूर्वाधार निर्माणमा प्रहरीलाई सहयोग गरेर प्रहरीको काम गर्ने मनोवल वढाउन सहयोग गरेकोमा कोहलपुर नगरपालिकालई धन्यवाद दिए । उनले सवै स्थानीय निकार्यहरुलाई आफुले सकेको सहयोग गरेमा शान्ति सुरक्षामा सहजता हुने वताए ।

ईलाका प्रहरी कार्यलयका कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले धन्यवाद दिदै कोहलपुर ईलाका प्रहरी कार्यालयले यहाका सवै जनताको शान्ति सुरक्षा दिदै आएको र यहाका सवै स्थानियहरुको सहयोग हुदै आएको वताए ।

उनले सवै सहयोग गर्ने हातहरुलाई धन्यवाद दिदै ईलाका प्रहरी कार्यालय कोहलपुरमा थुनुवा राख्न सारै समस्या भएको हुदा कोहलपुर नगरपालिकाले गरेको सहयोगले केहि सहज हुने वताए । कोहलपुर ईलाका प्रहरी कार्यलयमा अहिले पनि दैनिक ३५देखि ४० जना सरदर थुनुवाहरु आउने गरेको खनालले वताए । कोहलपुर ईलाकामा अहिले पनि प्रहरीहरुको लागि आवस समस्या रहेको जानकारी गराए ।

कार्यक्रममा राप्तीसोनारी गाँउपालिका प्रमुख लाहुराम थारु , कोहलपुर नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरी, राप्तीसोनारी गाँउपालिका उप प्रमुख धनीकुमारी खत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Nabintech