१३ बैशाख २०८१, बिहीबार
सत्तारुढ गठबन्धनमा (एमसीसी) पारित गर्ने सहमति

  • टाइम्स संवाददाता

  • १६ माघ २०७८, आईतवार १९:२८

काठमाडौं । सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० पारित गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको हो ।

प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसीसी पारित गराउने विषयमा गठबन्धनमा आवद्ध दलहरुको साथ खोजिरहेका छन् । शनिबार मात्रै स्थानीय निर्वाचन जेठभित्र गर्न गठबन्धनले सरकारलाई सुझाव दिएको थियो ।

शनिबार साँझको बैठकअघि नै शीर्ष तीन नेताबीच एमसीसीबारे सहमति बनेको बताइन्छ । देउवा, प्रचण्ड र नेपालबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो ।

शनिबार बिहानको गठबन्धन समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएपनि समितिको बैठकलगत्तै देउवा, प्रचण्ड र नेपाल छुट्टै छलफलमा बसेका थिए ।

सो बैठकमा गठबन्धनका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको थियो । गठबन्धनका एक शीर्ष नेताका अनुसार ४ जना नेताबीच एमसीसी पारित गर्ने ‘सैद्धान्तिक सहमति’ बनेको हो ।

एमसीसी पारित गर्न तयार भएपनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले १० दिनजति पर्खिन प्रधानमन्त्री देउवासँग समय मागेका छन् । माओवादी र नेकपा एसले पार्टीभित्र ‘आन्तरिक सहमति’ जुटाउन समय माग गरेका हुन् ।

Nabintech