• ११ जेष्ठ २०७९, बुधबार
बाँकेमा आइतवार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • टाइम्स संवाददाता

  • १६ माघ २०७८, आईतवार १९:४५

नेपालगञ्ज : बाँकेमा आइतवार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३६ र एन्टिजेन परीक्षणमा १९ गरी थप ५५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा १४, कोहलपुर मेडिकल कलेजमा १६ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

 

यस्तै जमुनाहा नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय १८ पुगेको छ ।

यस्तै थप ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७१६ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८३५ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।

Nabintech