१४ बैशाख २०८१, शुक्रबार
क्षेतीपूर्तीको माग गर्दै ज्ञापन पत्र बुझाईयो

  • टाइम्स संवाददाता

  • २१ माघ २०७८, शुक्रबार १९:२६

कोहलपुर : माघ १९ गतेदेखि अबिरल रुपमा परेको असिना पानीसहितको झरीका कारणले किसानले लगाएको हिउँदेवाली, फलफूल तथा तरकारी खेती पुर्ण रुपमा नष्ट भएको भन्दै उचित क्षेतीपूर्तीको माग गर्दै नेकपा एमाले कोहलपुर नगर कमिटीले कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

एमाले कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुसाल र अखिल नेपाल किसान संघ कोहलपुरका अध्यक्ष मोतिप्रसाद भुसालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र नगरपालिकालाई बुझाएको हो ।

‘विगतमा भएको बेमौसमी वर्षातका कारणले धानबालीमा भएको क्षतिको आलो घाउ निको हुन नपाउँदै पुनः किसानहरुले हिउँदै बालीमा ठूलो क्षति व्यहोर्नु परेको’ उल्लेख गरि क्षतिपूूर्तिको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै नगर कमिटी अध्यक्ष भुुसालले बेमौषमी वर्षा र हिउँदे वर्षादका कारण खेती किसानी गरी खाने किसानको अवस्था दिनानुदिन कष्टकर भइरहेको बताए ।

 

‘लगातारको झरीले क्षति पुगेको किसानको हिउँदै बाली, फलफूल तथा तरकारी खेतीको स्थलगत अध्ययन गरी उचित क्षतिपूर्ति तथा राहत वितरण गर्न हामी तीनै तहका सरकारसँग जोडदार माग समेत पेस गर्ने भन्दै ज्ञापन पत्र बुझाएका हौ’–भुुसालले भने ।

ज्ञापन पत्र बुझ्दै नगरपालिका प्रमुख लुटबहादुर रावतले आउँदो आइतबार कार्यपालिकाको बैठक बसेर तथ्थांक संकलन गर्ने र नगरपालिकाले किसानको माग सम्बोधन गर्ने पहल गर्ने प्रतिवद्धता जनाए ।

Nabintech