५ जेष्ठ २०८१, शनिबार
नेपालगञ्जमा यूरो केयर सेन्टर सन्चालनमा

  • टाइम्स संवाददाता

  • २३ माघ २०७८, आईतवार १८:२३

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका –१० सुर्खेतरोडमा सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर सेन्टर प्रालि नामक विशेषज्ञ अस्पताल आइतवारदेखि औपचारिक रुपमा आफ्नो सेवा प्रवाह सुरु गरेको छ । बरिष्ठ चिकित्सक गोपाल श्रेष्ठ र नेपालगञ्जका पुर्व मेयर विजय गुप्ताले संयुक्त रुपमा सो अस्पतालको उदघाटन गरेका हुन् ।

यसअघि नै अनौपचारिक रुपमा सेवा प्रवाह गर्दै आएको सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर अस्पतालले आइतवार सरस्वतीपूजाको अवसर पारेर औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका सञ्चालक समेत रहेका यूरोलोजिष्ट डा. दिपेश गुप्ताका अनुसार यूरोका विरामीलाई एउटै छानामुनि सबै सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको हो ।
यूरो सेवासँगै सर्जरी, मेडिसिन, छाला तथा यौनरोग, प्याथोलोजी, रेडियोलोजी लगायतका सेवा प्रवाह गरिने डा. गुप्ताले जानकारी दिए ।

डा. गुप्ताकाअनुसार पछिल्लो समय पिसाव, पत्थरी, प्रोष्टेटका बिरामीको संख्या बढ्दैं जानुका साथै मृगौला प्रत्यारोपण गर्नुपर्ने समस्या भएका विरामी पनि बढीरहेका छन् ।

सञ्चालनमा ल्याइएको सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने डा गुप्ताले बताए ।

Nabintech