१२ बैशाख २०८१, बुधबार
बि–ग्रुपद्वारा बाँके प्रशासनलाई स्वास्थ सामाग्री सहयोग

  • टाइम्स संवाददाता

  • २६ माघ २०७८, बुधबार १९:११

नेपालगञ्ज : कोरोना संक्रमण रोकथामका लागि आवश्यक पर्ने विभिन्न प्रकारका स्वास्थ्य सामाग्री भेरी बाताबरणीय विशिष्ठता समूह बि–ग्रुपले जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई उपलब्ध गराएको छ ।

अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजना अन्तरगत भिटिएम २५० थान, सिमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेलाई लक्षित गरी कोरोना जाँचको लागि आवश्यक पर्ने एन्टिजेन ५ हजार, सर्जिकल मास्क ४० हजार पिस, होम आईशोलेशन सामग्री ७५ सेटलगायतका सामाग्री हस्तान्त्रण गरिएको बि–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए ।

उनले कोरोना संक्रमण बिरुद्धको पहिलो भेरिएन्टदेखि नै बि–ग्रुपले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसंग सहकार्य गर्दै स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम, उपकरण, आवश्यक जनशक्ति लगायतका क्षेत्रमा सहकार्य र सहयोग गर्दै आएको बताए ।

सामाग्री बुझ्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कोभिड तथा अन्य महामारीको बेलामा प्रतिकार गर्नको राज्य एक्लैको प्रयासले मात्र केही नहुने अवस्थामा विभिन्न प्रकारका स्वास्थ्य सामाग्री सहितको सहकार्यका लागि हात बढाउने बि–ग्रुप लगायतका संस्थाहरुलाई धन्यबाद दिए ।

उनले बाँकेमा पछिल्लो समय बाँकेमा कोभिड संक्रमण दर ओरालो लाग्ने क्रममा रहेपनि सचेत रहनु पर्ने स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने कुरामा सचेत हुनु पर्ने बताउदै संक्रमणबाट जोगिनको लागि आवश्यक तयारीलाई दुरुस्त राख्न आवश्यक रहेको बताए ।

सो अवसरमा केयर नेपालका मानविय कार्यमञ्च कार्यक्रम व्यवस्थापक केशबदत्त भट्ट, बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार कार्यक्रम संयोजक दुर्गा पन्थी, जिल्ला विपद व्यवस्थापन कार्यालय बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच बि–गु्रपले सोही परियोजना अन्तरगत एनटिभि कोहलपुरलाई सर्जिकल मास्क, हेण्ड ग्लोब्स, हाईड्रो क्लोराईडस, सेनिटार्ईजर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।

Nabintech