२१ बैशाख २०८१, शुक्रबार
ज्ञान ज्योतिले गर्यो ढकाललाई सम्मान

  • टाइम्स संवाददाता

  • १७ पुष २०७९, आईतवार १४:३२

कोहलपुर, बाके:  बाकेको कोहलपुर १२ मा रहेको ज्ञान ज्योति माध्यमिक बिद्यालयले आज एक कार्यक्रमको आयोजना गर्दै कोहलपुर १२ का स्थाई बासिन्दा माननिय संघिय सांसद सुर्य प्रसाद ढकाललाई सम्मान गरेको छ । ज्ञान ज्योति माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष केशब लम्सालले बिद्यालयका समस्या , बिद्यालयको प्राबिधिक तह तर्फका कक्षा सन्चालनको लागी भौतिक संरचनाको अभाब रहेको र यस बिद्यालयमा बिइ तर्फको कक्षा संचालनको लागी पहल गरिदिन आग्रह गरेका थिए ।

अन्य पुर्बधारको लागी पनि समन्वयको लागी बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष लम्सालले आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका संघिय सासद ढकालले यस क्षेत्रको बिकास सगसगै यस बिद्यालयलाई प्राबिधिक तह तर्फको नमुना बिद्यालय बनाउनको लागी आफुले सक्दो प्रयास गर्ने बताएका थिए । संघिय सासद ढकालले शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदानको लागी शिक्षहरुले अपनोत्वको भावना लिएर पढाउनु पर्ने बताउदै शिक्षकहरुको क्षमाता बिकासका लागी पनि समन्वय गर्ने बताएका थिए । कार्यक्रममा कोहलपुर १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , पूर्ब बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक र बिद्यार्थीहरुको सभागीता रहेको थियो ।

भिडियो

Nabintech