१९ बैशाख २०८१, बुधबार
काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियम

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार ०८:०८

काठमाडौं : बिहानैदेखि देशभरको मौसम आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार दिउँसो प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ।

वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ।

Nabintech