२० बैशाख २०८१, बिहीबार
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार ०९:०४

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ ।सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको हो ।

भेटघाटक्रममा राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च क्षेत्रको संरक्षण प्रवद्र्धनका साथै यहाँ मनाइने चाडबाड तथा जात्रा व्यवस्थापनलगायतका विषयमा काठमाडौँ महानगरबाट भइरहेका काम–कारबाहीबारे जानकारी लिनुभएको थियो । काठमाडौँ उपत्यकाको सन्दर्भमा राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले कतिपय चाड, जात्रामा साँस्कृतिक भूमिकासमेत निर्वाह गर्दै आउनुभएकाले पनि सोसम्बन्धमा विशेष चासो राख्दै आउनुभएको सर्वविदितै छ ।

काठमाडौँमा मनाइने इन्द्रजात्राको थप व्यवस्थापन, सो जात्राका लागि सालिन्दा रकम छुट्याउनुको सट्टा अक्षयकोष खडा गर्नेलगायतका विषयमा समेत राष्ट्रपति भण्डारी र महानगर प्रमुख साहबीच छलफल भएको थियो ।

Nabintech