२० बैशाख २०८१, बिहीबार
विराटनगर, नेपालगञ्ज र धनगढीमा अझै उडान सुरु हुन सकेन

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार १०:५९

काठमाण्डाै: मौसम खुल्न थालेसँगै केही ठाउँमा उडान अवतरण सुरु भएको छ । लुक्ला, सुर्खेत, पोखरा लगायतका ठाउँमा उडान सुरु भएको हाे । तर, विराटनगर, नेपालगञ्ज र धनगढीमा अझै उडान सुरु हुन सकेको छैन । बाक्लो हुस्सुका कारण यी क्षेत्रका उडान प्रभावित भएका हुन् ।

मौसम खुलेपछि उडान थाल्ने तयारी छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार तराईका  जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरो लाग्ने सम्भावना छ । बाक्लो हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित भइरहेका छन् ।

भिजिबिलिटी अर्थात् दृश्य क्षमता कम हुँदा उडान अवतरण प्रभावित हुन्छ । अहिले बाह्यतर्फको उडान अवतरण भने सामान्य रुपमा भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Nabintech