१३ बैशाख २०८१, बिहीबार
कोहलपुर जेसिजको १५ औ साधारणसभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २२ पुष २०७९, शुक्रबार १७:४०

कोहलपुर,बांके: कोहलपुर जेसिजको १५ औ साधारणसभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ। सामाजिक क्षेत्रमा कृयासिल जेसिजको १५ औ साधारणसभा उदघाटन कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुबेदिले जेसिजको संस्थागत विकासका लागि आफनो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गरिन। उन्ले परोपकारी कामका लागि आफु सदैब दत्तचित्त भएर लागेको स्मरण गर्दै जेसिज जस्तो परोपकारी संस्थालाई सबै क्षेत्रबाट संस्थागत विकासमा जोड दिनुपर्ने धारणा ब्यक्त गरिन ।

साधारण सभाको उदघाटन शत्रमा जेसिज कोहलपुरका पुर्ब अध्यक्ष बिष्णु प्रसाद बेल्बासे, पवन थापाले लगाएत जेसिजहरुले आ-आफनो मन्तब्य राखेका थिए। कोहलपुर जेसिज बर्ष २०२२ का अध्यक्ष ईश्वर शर्माको अध्यक्षतामा भएको साधारण सभाले बर्ष २०२३ को लागि धुर्ब आचार्यको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ। जस्को कार्यकारणी उपाध्यक्षमा कमल बहादुर र शाहि टिका कुमारी शाहि सर्बसम्मत चयन भएका छन । उपाध्यक्ष मदन भण्डारी, मान बहादुर थापा, अभिशेक जंग राना र रमेस थापा सर्बसम्मत चयन भएका छन । अन्य पदाधिकारीहरुलाई यसपछि मनोनित गरिने प्राबधान रहेको जेसिज ईश्वर शर्माले कोहलपुर टाईम्सलाई बताए ।

मन्तब्य राख्दै पुर्व अध्यक्ष बेल्बासे

 

Nabintech