४ जेष्ठ २०८१, शुक्रबार
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार  हुने


  • टाइम्स संवाददाता

  • २४ पुष २०७९, आईतवार १८:३७

विराटनगर: प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएकाे छ । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएकाे थियाे ।  एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गर्नुभएकाे थियाे ।

बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्भनुभएकाे हाे । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे हाे ।  मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार  हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुनेछ ।

Nabintech