७ बैशाख २०८१, शुक्रबार
आज देशभरको मौसम सफा रहने अनुमान

  • टाइम्स संवाददाता

  • २५ पुष २०७९, सोमबार ०७:५०

काठमाण्डाै: देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।

वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पनि हट्न थालेको उहाँले जानकारी दिनुभयो ।

हावा चल्न थालेपछि प्रदूषण पनि कम हुन थालेको हो । दिउँसाे पारिलो घाम लाग्न थालेसँगै काठमाण्डौको अधिकतम तापक्रम क्रमिक रुपमा बढ्न थालेको छ । अस्ति २० डिग्री सेल्सियस रहेको काठमाण्डौको तापक्रम हिजो २१ डिग्री सेल्सियसमा पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले तापक्रम बढ्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, तराईका जिल्लामा पनि मौसममा सुधार आएको छ । केही दिन अघि शीतलहर चलेको तराई मधेसका जिल्लामा अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । बिहान हुस्सु कुहिरो लागे पनि दिउँसो हटेर घाम लाग्ने उहाँको भनाइ छ ।

Nabintech