४ जेष्ठ २०८१, शुक्रबार
लेखापाल हाकिम : कार्यालयमा पाइलै नटेकी पाँच महिनाको तलब झ्‍वाम

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउँदै सुर्खेत स्थित अक्तियारमा उजुरीसमेत दिएका छन


  • टाइम्स संवाददाता

  • २५ पुष २०७९, सोमबार १२:५२

सुर्खेत : हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले पाँच महिनासम्म कार्यालयमा उपस्थिति नै नभई तलब भत्ता बुझेको तथ्य बाहिरिएको छ। गत साउन ३१ पछि शाही र थापा एकैचोटि गत बिहीबार (पुस २१) मात्र कार्यालय उपस्थित भएका थिए। तर, करिब पाँच महिना कार्यालय नआए पनि उनीहरूले तलब–भत्ता बुझेका छन्।

पाँच महिनापछि आएर हाजिर लगाउन मात्र गाउँपालिमा आएपछि गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षहरूले हाजिर गर्न नदिएको बताएका छन्।  उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिर गर्न नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए।

साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए।

साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउँदै सुर्खेत स्थित अक्तियारमा उजुरीसमेत दिएका छन्।

पालिका नै  अपहरण परेको भन्दै उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए। तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद भारी चलिएको छ। गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

Nabintech