२३ कार्तिक २०८१, शुक्रबार
औषधिकाे एलर्जिले घाईतेकाे मृत्यु, आफन्तहरू आन्दाेलित

  • टाइम्स संवाददाता

  • २६ पुष २०७९, मंगलवार १५:१९

काेहलपुर: सडक दुर्घटनामा घाईते भएका एक ब्यक्तिकाे उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्ज मेडिकल कलेज काेहलपुर तनावग्रस्त बनेकाे छ । बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकाय २४ गते सडक दुर्घटनामा घाईते भएका थिए । बैजनाथ १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य घाईते भएका ३७ वर्षिय राेकाया उपचारकालागि अटाे रिक्सा चढेर आफै मेडिकल कलेज काेहलपुर पुगेका थिए । तर अस्पतालकाे आपतकालिन कक्षमा प्राथमिक उपचारका क्रममा लगाईएकाे सिरिन्जका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दाेलित भएका छन ।

स्राेतका अनुसार राेकायालाई एलर्जिकाे समस्या थियाे । दुखाई कम गर्ने सिरिन्ज लगाए लगत्तै बान्ता गरेका राेकायालाई पुन: अर्काे सिरिन्ज लगाएपछि उनी अचेत भएका थिए । अचेत अवस्थामै भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनकाे मृत्यु भएकाे स्राेतले जनाएकाे छ । यद्यपि अस्पताल प्रशासनले भने अहिलेसम्म मृत्युकाे कारण खुलाएकाे छैन ।

मृतकका आफन्तका अनुसार मृतक साेकायाकाे ओठमा सामान्य चाेट लागेकाे थियाे । ‘ओठमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो’ मृतकका एक आफन्तले भने, ‘रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै अचेत हुनुभएकाे थियाे, पछि डक्टरले मृत घाेषणा गरे ।’

डक्टरकाे लापरबाहीले सामान्य घाईतेकाे ज्यान गएकाे भन्दै अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपतकालिन सेवामा रिसिन्ज लगाइएको थियो । आईतबार नै राेकायाकाे मृत्यु भएपनि अस्पतालले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको उनिहरूकाे आराेप छ ।

अहिले मृतक पक्ष र अस्पताल प्रशासनबिच वार्ता भईरहेकाे ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ । अस्ताल परिसरमा ठुलाे सँख्यामा प्रहरी परिचालन गरीएकाे छ ।

Nabintech