काठमाण्डौ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु लागेको अवस्था छ।
देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।