३ जेष्ठ २०८१, बिहीबार
चितवनमा चरा गणना सम्पन्न, चराको संख्यामा कमी आएको प्रारम्भिक निष्कर्ष

चितवनमा ५० प्रतिशत चरा बसाई सराई गरि आउने गर्दछन


  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार ०८:४८

चितवन: चितवन जिल्लामा चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरेर सकिएको छ । गत आइतबारदेखि सुरु भएको गणनाको फिल्डको काम मंगलबार सकिएको बर्ड एजुकेशन सोसाईटी चितवनका अध्यक्ष टिका गिरीले जानकारी दिए । उनका अनुसार, चितवनमा चराको संख्या कम देखिएको छ । ‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन् । प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए ।  यसवर्ष संख्या केही बढेपनि केही प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । यसपटक पानीमा आश्रीत चराहरु गणना गरिएको हो । यो समयमा साइवेरिया, मंगोलिया, उज्वेकिस्तान, तिब्बत लगायतका उत्तरी क्षेत्रबाट बसाईसराई गरि चरा आउने गर्दछन् । त्यसमध्ये हास प्रजातीका चखेवाहरु नियमित आउने गर्दछन् । तर, पूर्वि चितनमा नियमित आउने खोयाँ हाँस प्रजातिको चरा यसपटक नदेखिएको अध्यक्ष गिरीले बताए । फिरन्तेको रुपमा आउने ग्रेटर वाईट फन्रेट ग्रुज चरा चितवनमा देखिएको छ ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी ७ तारिखबाट चरा गणना थालिए पनि चितवनमा एक दिन ढिला गरि ८ तारिकबाट गरी गणना गरिएको थियो । लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म, भण्डाराको मत्स्य केन्द्रमागणना गरिएको थियो । त्यस्तै, नारायणी नदी, राप्ती नदीको कसराको पुलबाट गोलाघाटसम्म, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, पटना ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।

बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको अध्यक्ष गिरिले बताए । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको थियो । क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । चितवनमा ५० प्रतिशत चरा बसाई सराई गरि आउने गर्दछन् । नेपालमा ८८७ प्रजातिका चरा पाईने गर्दछ । त्यसमध्ये  चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाइन्छ । तर, पछिल्लो समयमा वातावरण प्रदुषित बन्दै जाँदा चराको संख्यामा कमी आउने चिन्ता बर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष बासु विडारीको छ । ‘चराले प्राकृतिक सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । तर उनीहरुको बासस्थान हामीले बिगार्दै लगेका छौँ,’ उनले भने, ‘पछिल्ला गणनामा चराको संख्यामा कमी  देखिन थालेको छ।’

गर्मी समयमा दक्षिण भारतदेखि अफ्रिकासम्मका चरा नेपालमा आउने गर्दछन् । तर, जाडो मौसममा भने हिमाल पारीबाट चरा आउने गर्दछन् । गर्मी समयमा प्रजननका लागि चराहरु नेपाल आउने गर्दछन् । नेपालमा चरण गणना सन् १९८७ बाट हुँदै आएको छ । हिमाल य नेचरको नेतृत्वमा नेपालमा गणना हुने गर्दछ ।  विश्वब्यापी रुपमा जनवरी २देख २२ तारिकसम्म हुने गर्दछ । विश्वमा ११ हजार भन्दा बढी प्रजातिका चरा पाइन्छन् । चरा गणना संगै उनीहरुको बास्थानको अवस्था समेत जानकारी दिईने गरिएको छ । जसले निति निर्माण गर्न सहज हुने उनले बताए ।

Nabintech