२३ कार्तिक २०८१, शुक्रबार
हरि कृष्ण कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार १०:५१

बढैयाताल, बर्दिया: हरि कृष्ण कृषि सहकारी संस्था लि. बढैयाताल बर्दियाको ५ औं चुनावि सभा तथा १२ औं बार्षिक साधारण सभा बुधवार बर्दियामा सम्पन्न भएको छ । १२ औं साधारण सभामा गाउपालिकाका कार्यबहाक अध्यक्ष एबं प्रमुख अतिथी  चन्द्रकला बि.क., वडा नं. ३ का जननिर्बाचित सदस्य रुद्र प्रसाद पौडेल, रेडक्रस बढैयातालका बेनिमाधव पौडेल, संस्थाका सल्लाहकार शिब कुमार सापकोटा, महिला जनजागरण संघ केन्द्रिय कार्यालयका सोनु बराईली, वडा नं. ३ का जनप्रतिनिधि तथा जग्गादाता कृष्णलाल पाध्य, नकाहा कृषि सहकारीका रतन जैसि, देउरालि कृषि सहकारीका गंगाधर पराजुलि, बढैयाताल एकिकृत साकोस भलागौडिका डिल बहादुर के.सि. लगाएतले साधारणमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

पांचौ सभाले अध्यक्षमा पदम प्रसाद चापागाईलाई सर्बसम्मत चयन गरेको छ भने उपाध्यक्षमा बिष्णुमाया बराल निर्बाचित भएकी छिन । अन्य सर्बसम्मत चयन हुनेहरुमा सचिवमा राजितराम कलवार, कोषाध्यक्षमा भगवती लामिछाने र सदस्यहरुमा सरस्वती चापागाई, पार्वती पौडेल,मित्रलाल सापकोटा, रमजान जागा, अम्बिका ढकाल, मुन्ना अहमद र हरि प्रसाद लामिछाने रहेका छन ।
यसैगरि संस्थाको लेखा समिती संयोजकमा कृष्ण प्रसाद सापकोटा र सदस्यहरुमा ज्ञानु पाण्डे र बृहस्पति बराल चयन भएको संस्थाले जनाएको छ ।

 

 

Nabintech