३ जेष्ठ २०८१, बिहीबार
नमुना अब मन्त्रि, लिईन सपथ

नबनिर्मित सत्ता साझेदार दलहरुबाट मन्त्रिको नाम टुङग्याउने क्रम जारी रहदै गर्दा नमुनाले कुन मन्त्रालय पाउने भन्ने टुङ्गि सकेको छैन


  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार १४:४४

नेपालगञ्ज: नेकपा माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ मन्त्री भएकी छिन । नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेशको मन्त्री पदका लागि नमुनाको नाम सिफारिस गरी मुख्यमन्त्री लिला गिरीलाई पत्राचार गरे संगै उनी मन्त्रि भएकी हुन ।

यसअघि पनि प्रदेशसभा सदस्य रहेकी इमान्दार एवम् बिकासप्रेमी नेता नमुनाले कुन मन्त्रालय पाउने भन्ने बारेमा भने एकिन भएको छैन । विशेष श्रोतका अनुसार माओवादीबाट मन्त्री बनेकी बिकासप्रेमी नेता नमुनालाई बिकाससँँग सम्बन्धित मन्त्रालय दिइने बताइएको छ । नमुना बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएकी हुन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसँगै दुई मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराउनुभएकाे हाे ।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिनुभएकाे हाे ।

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे छ। मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँड्नुभएकाे थियाे ।

Nabintech