१२ बैशाख २०८१, बुधबार
निकुञ्ज र स्थानिय बिचको सम्बन्ध सुमुधुर पार्न बिशेष कार्यक्रम लागु हुनुपर्ने : अधिकारी

वाल शिक्षा माध्यामिक बिद्यालयको स्तरोन्नति गर्नको लागि महोत्सबको आयोजना


  • प्रमोद रिजाल

  • १ माघ २०७९, आईतवार १५:२५

कोहलपुर,बांके : ”सबै वाललवालिका लाई बिद्यालय पठाऔ , शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा रहेको बालशिक्षा माध्यामिक बिद्यालयले आफनो बिद्यालय परीसरमा आईतवार माघि महोत्सव सम्पन्न गरेको छ।

वालशिक्षा मा.बि. भरैयाको आयोजना एबं कोहलपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्यवमा सञ्चालित माघि महोत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा माननिय सदस्य बसन्ती अधिकारीले महिलाहरुको आर्थिक, सामाजिक एबं राजनैतिक अधिकारका लागि आफु शंघर्षरत रहेको बताउदै सिंगो भरैयाको विकासका लागि आफु निरन्तर लागिरहने बचनबद्धता ब्यक्त गरिन ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी माननिय अधिकारीले बिभिन्न कार्यालयहरुसंगको समन्वयमा भरैया क्षेत्रका नदि तथा नालाहरुमा तटबन्ध यस क्षेत्रका जनताहरुलाई कृषिकर्ममा आर्कषित गर्ने कार्यक्रममा जोडने आफनो सोच रहेको बताईन ।

भरैया र यस क्षेत्रका जनताले नचाहदा नचाहदै पनि निकुञ्जले यहाको भुभाग अतिक्रमित गरेको प्रति इंगित गर्दै प्रदेश सभा सदस्य अधिकारीले निकुञ्जले गर्दा यस क्षेत्रका जनता, पशु चौपाया र बालिनालीमा हुने क्षेतिलाई नजरअन्दाज गर्न नसकिने भन्दै निकुञ्ज र स्थानिय बिचको सम्बन्ध सुमुधुर पार्नका निम्ति केन्द्र स्तरबाट बिशेष कार्यक्रम लागु गर्न आफनो पहल रहने प्रतिबद्धता ब्यक्त गरिन ।
विद्यालयले सरकारको निती अनुरुप पढदै कमाउदै कार्यक्रलाई प्रोत्साह गर्न आफुले प्रदेश सरकार समक्ष कुरा राख्न कञ्जुसाई नगर्ने समेत बताएकी छिन ।

बिद्यालयको स्तरोन्नति गर्नको लागि महोत्सबको आयोजना गरिएको हो विद्यालय भएको क्षेत्र कृषि प्रधान क्षेत्र भएको हुदा उक्त क्षेत्रलाई कृषि र पर्यटनसङ्ग जोडनका लागि पहिलो पटक माघी महोत्सव आयोजना गरिएको बिधालयका प्रधानाध्यापक टर्क बहादुर खत्रीले जानकारी गराएका छन् । माघी महोत्सवमा मुख्य आकर्षण कर्णाली दोहोरी घरको लाइभ दोहोरी प्रस्तुति , फुटवल प्रतियोगिता , शैक्षिक टिकटक निर्माण प्रतियोगिता, थारु नृत्य, बिधालयमै उत्पादन गरिएको मह च्याउ प्रदर्शन तथा बिक्रि बितरण, स्थानिय परिकार बिक्री बितरण रहेका थिए ।

महोत्सव उदघाटन समारोहमा कोहलपुर नगर कार्यपालिकाका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा, वडा नं. १३ का वडाअध्यक्ष डम्मर खडका, कोहलपुर नगर कार्यपालिकाका लेखा समिती संयोजक गोमा खनाल, नगर खेलकुद विकास समिती अध्यक्ष बुद्धि थापा, शिक्षक होमराज खडका लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गणेश बहादुर पुनमगरको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन तपेन्द्र खनालले गरेका थिए ।

Nabintech