५ जेष्ठ २०८१, शनिबार
फुटपात व्यवसायीहरु आक्रोशित, संघिय सांसदलाई बुझाए ज्ञापनपत्र (भिडियो सहित)

कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क सम्म ब्यबसाय गर्न दिनुपर्ने


  • बिकल भट्टराई

  • १७ माघ २०७९, मंगलवार १३:५८

कोहलपुर, बांके: कोहलपुर नगर क्षेत्रमा फुटपातमा आफनो ब्यापार ब्यबसाय गर्दै आएका व्यापारीहरु आक्रोशित भएका छन । उनीहरुले आफुहरुको ब्यबसायलाई २०७९ असार १ गतेदेखि नबिकरण नगरेर बिकल्पबिना ब्यबसाय गरिरहेको ठाउबाट उठाईएको भन्दै आक्रोशित भएका हुन ।

उनीहरुले ब्यबसाय गर्न लाग्दा नगर प्रहरीले ज्याजती गर्दै अपमानित शब्द प्रयोग गर्ने गरेको भन्दै आफनो रोजिरोटि समेत खोसिएकाले आज नगरपालिकामा आफनो माग सम्बोधन गराउन आईपुगेको बताए ।

आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुले अझै पनि महिला शशक्तिकरणका भाषण गर्न नछोडेको तर गरि खाने बर्गलाई उपेक्षा हुनेगरि अपाएक ठाउमा ब्यबसाय गर्न भनेको प्रति आपत्ति जनाउदै ठेला ब्यबसायी आसा परीयारले नगरपालिकाले मान्छेको चहलपहल हुने ठाउमा ब्यबस्थापन गरिनुपर्ने बताईन ।

ब्यबसायीहरुले ब्यापार ब्यबसायको लागि उपयुक्त ठाउको माग गर्दै संघिय सांसद माननिय सुर्य ढकाललाई ज्ञापन पत्र समेत पेश गरेका छन । ज्ञापन पत्रमा कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क सम्म आफुहरुलाई ब्यबस्थापन गर्न भनेका छन ।

ज्ञापनपत्र बुझदै संघिय सांसद माननिय सुर्य प्रसाद ढकालले बनाउन भन्दा पनि भत्काउने संस्कार बढदै गएको प्रति आफु चिन्तित रहेका भन्दै स्थानिय सरकार, प्रदेश सांसद, संघिय सांसद र राजनैतिक दलका प्रतिनिधिहरु बसेर सामुहिक छलफल गरि उपयुक्त स्थान दिई यस बिषयलाई निकास दिने बताएका छन ।

उन्ले आफुपनि भुईमान्छे भएको स्मरण गर्दै ब्यबसायीहरुको पिडा आफुले बुझेको औंल्याउदै सामुहिक छलफलले नै समस्याको समाधाण गरिने धारणा राखे ।

भिडियो

Nabintech