५ जेष्ठ २०८१, शनिबार
उदयमान शहर कोहलपुरको विकासमा एक छौं : जनप्रतिनिधि

कोहलपुरको समग्र विकासका निम्ति अबको साढे चार बर्षमा गर्न सकिने आशय पत्र सहित आउन सांसदहरुको नगरपालिकालाई आग्रह


  • प्रमोद रिजाल

  • १७ माघ २०७९, मंगलवार १५:१४

कोहलपुर,बांके: बाँके जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु एक ढिक्का भएर लाग्ने प्रतिबद्व जाहेर गरेका छ्न ।

कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न आज कोहलपुरनगरपालिकाको सभाहलमामा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिवद्व रहेको बताएका हुन् । उनीहरुले कोहलपुरसँगै बाँकेको समग्र विकासका लागि साझा संकल्प तयार पारेर अघि बढ्ने बिश्वास दिलाए । बाँके क्षेत्र नं.१ का संघिय सांसद माननिय सूर्य प्रसाद ढकालले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि राजनीति भन्दा माथि उठेर आफु लागिपर्ने बताए । उनले बाँकेको विकासका लागि जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच एक भएर अघि बढ्ने सहमति भएको पनि जिकिर गरे ।

सांसद ढकालले कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण, कोहलपुरलाई शैक्षिक हब बनाउने योजनालाई आफुले अघि सारेको भन्दै डुडुवा तटबन्धन र करिडोर निर्माणमा पनि आफनो सपना गएको उल्लेख गरे ।
व्यापार व्यबसाय धरापमा परेको राष्ट्रको अर्थतन्त्र चलाएमान नभएको प्रति इंगित गर्दै सांसद ढकालले आफुले जनस्तरका सवालहरु संसदमा निर्बाध उठाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस्तै प्रतिनिधि सभाका माननिय सदस्य आशा वि.क.ले समग्र बाँकेको विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनुपर्ने बताउँदै आफुहरु त्यहीँअनुसार अघि बढेको बताईन । चुनाव अघि दलका प्रतिनिधि भएपनि जितेर आइसकेपछि भने आफुहरु दलगत विचार भन्दा माथि उठेर जनताको सेवामा खटिनु पर्ने धारणा व्यक्त गरिन । उन्ले कोहलपुर नगरपालिकाको नेतृत्व यूवा भएकाले सहकार्य र समन्वय गरेर कोहलपुरको समग्र विकासमा गर्न तयार रहेको बताईन।

बाँके क्षेत्र १ ख बाट प्रदेश सभामा निर्वाचित लुम्बिनी प्रदेश सभाका माननिय सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताए । उन्ले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न स्थानीय सरकारले बहस चलाउन जरुरी देखिएको बताए । यस्तै उन्ले कोहलपुरमा विशाल पार्क निर्माण गरी यसलाई पर्यटकिय नगरीका रुपमा पनि स्थापना गर्न सकिने बताउदै उन्ले त्यसका लागि स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।

कार्यक्रममा बाँके क्षेत्र ३ क बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य बाद शाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुको रुपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए । उन्ले कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए । बाँके क्षेत्र ३ ख बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीले कोहलपुर उदयमान सहर रहेकोले यहाँको विकासका लागि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । उन्ले कोहलपुरलाई समृद्व सहर बनाउन गुरु योजना बनाउन आग्रह समेत गरे ।

त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्यहरु बसन्ती अधिकारी, संजुकुमारी थारु, माया पुन, सुशिला बादी र मीना कुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाएका थिए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख आचार्यले कोहलपुरको विकासका लागि प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए । उन्ले तीन तहका सरकार रहेपनि अहिले आम नागरिकको भरोसा भने प्रतिनिधि र प्रदेश सभा भन्दा स्थानीय सरकारसँग बढि रहेको बताए । जनतालाई तीनवटै सरकारको आभास दिलाउन आवश्यक रहेको बताउदै मेयर आचार्यले कोहलपुरको विकासका लागि संस्थागत सुधारको काम सुरुवात गरिएको बताए ।

नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्यबाट शुभारम्भ बधाई ज्ञापन कार्यक्रमको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले संचालन गरेका थिए । बधाई ज्ञापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रवक्ता वडा नं. १४ का वडा अध्यक्ष नम बहादुर आले, वडा नं. ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नं.१३ वडा अध्यक्ष डम्बर बहादुर खड्का, सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विक लगायतले कोहलपुरको विकास निर्माणका सवालमा प्रतिनिधि र प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा कोहलपुर क्षेत्रका बुद्धिजिवी, राजनितिज्ञ, पत्रकार, कर्मचारी, स्थानिय जनप्रतिनिधि लगाएत ५ दर्जन बढिको सहभागिता रहेको थियो ।

Nabintech