२१ बैशाख २०८१, शुक्रबार
बांकेको बाल सुधार गृहमा एक महिनामा ४ पटक ग्यांङ फाईट, तोडफोड र आगजनी

आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित बालबालिका छन


  • टाइम्स संवाददाता

  • २७ माघ २०७९, शुक्रबार ११:१९

नेपालगन्ज: बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने भवनमा आगजनी र तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ । सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेकोभन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिएलगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ । आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित बालबालिका छन् । सुधारगृहको तीन वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो । सुधारगृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांङ फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

Nabintech