१५ बैशाख २०८१, शनिबार
सिंजाले जन्माएको उदयमान विद्यार्थी नेता क.सुर्य रोकाया

  • बिकल भट्टराई

  • २७ माघ २०७९, शुक्रबार २०:१९

कर्णालीको जुम्ला जिल्ला सिंजाको मध्यम परिवारमा जन्मिएका क. सुर्य रोकाया बाल्यकाल देखिनै बिद्रोही र हक्की स्वभावका थिए । कसैलाई पनि अन्याय र अत्याचार भएको सहनै नसक्ने पढाईमा पनि त्यत्तिकै मेहनती, सानै उमेरदेखि हरेक काम र जिम्मेवारीको अगुवाइ गर्दै बसाई सराईको क्रममा जुम्लादेखि बर्दियाको राजापुर हुदै उच्च शिक्षा अध्ययनको शिलशिलामा बाँके जिल्ला कोहलपुरको बागेश्वरी क्याम्पसमा आए उनी ।

त्यहाँ रहँदा आफ्नो पढाईलाई निरन्तर अगाडि बढाउदै ,समाज र राष्ट्र परिवर्तन गर्ने मुख्य रूपमा जातीय बिभेद र छुवाछुत अन्त्यका लागि विद्यार्थी राजनीतिबाटै सम्भव छ भन्ने मनसायका साथ २०६० सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु बागेश्वरी क्याम्पस उच्च मा.बि.कमिटी सदस्यमा रहेर आफ्नो विद्यार्थी राजनीति सुरूवात गरेका रोकाया संगठनको जिम्मेवारीमा रहेर बागेश्वरी क्याम्पस सुधार, विद्यार्थीहरुका हक र अधिकारकालागि आवाज उठाउदै २०६१ सालमा अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहँदै २०६२ सालमा अनेरास्ववियु बाँके जिल्ला कमिटी सदस्यको महत्वपूर्ण पदमा रहेर काम गरे ।

क्याम्पस भित्रका बिक्रिती,विसङ्गती,प्रशासनिक र विद्यार्थी हक अधिकारकालागी कैयौं पटक् क्याम्पस र सडक आन्दोलनमा अग्रसर भएर संगठनको काम गर्दा धेरै पटक पुलिसको लठ्ठी र हिरासतमा समेत थुनिनु परेको तितो ईतिहास उनीसंग रहेको छ । गरिब,निमुखा, असाहय विद्यार्थीहरुको अधिकारकालागि आफ्नो आवाज बुलन्द पार्दै गर्दा बागेश्वरी क्याम्पसका हरेक विद्यार्थीहरुको मन मनमा बस्न सफल भएका रोकाया २०६२ साल फागुन १४ गते भएको स्वबियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट उपसभापतिमा भारी मतले सानदार निर्वाचित भए । २०६३ सालमा अनेरास्ववियु बाँके जिल्ला कमिटी सचिवालय सदस्य र २०६४ मा क्याम्पस कमिटी अध्यक्ष हुदै विद्यार्थीहरुको आन्दोलनका एक ससक्त खम्बाको रूपमा चिनिए ।

२०६५ साल चैत्र १८ गते भएको स्वबियु निर्वाचनमा अनेरास्ववियु बागेश्वरी क्याम्पस सभापतिमा सानदार जित हासिल गर्दै क्याम्पसमा अनेरास्ववियुको लाल झन्डा फहराउन सफल हुनुभएको भएका रोकाया निर्वाचित भएसंगै क्याम्पस भित्रका शैक्षिक,प्रशासनिक लगायत कैयौं विद्यार्थीहरुका मुद्दाहरू स्थापित गर्नमा एकदमै महत्वपूर्ण योगदान दिंदै क्याम्पसमा डिग्री पढाईको ब्यबस्था र ३५छात्रवृत्तिलाई वृद्धि गरी ८५ ब्यबस्था गरे ।सार्बजनिक यातायातमा ४.५५ छुटलाई ब्याबहारीक रुपमा कार्यन्वयनको लागि आफ्नै अगुवामा ७ दिन कडा आन्दोलन पश्चात लागु गराउन सफल भए ।

विद्युत लोडसेडिङका बिरुद्दको आन्दोलनगरी मा.बि र क्याम्पसको परिक्षा दिने विद्यार्थीहरुलाई परिक्षा समयावधी भरि राहत प्रदान गर्न ठुलो भुमिकामा उदाए । काम गर्दै जादा २०६६ सालमा अनेरास्ववियु भेरी अञ्चल कमिटी सदस्य हुदै २०६६ सालमै अनेरास्ववियु बाँकेको १६ औं जिल्ला सम्मेलनबाट संगठन भित्रकै खुल्ला प्रतिस्पर्धाबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनु सफल रोकाया बाँके जिल्ला अध्यक्ष रहे संगै ईतिहासकै सबैभन्दा बढी संगठन बिस्तार र बिभिन्न सडक आन्दोलनमा अग्रमोर्चामा खटिंदा धेरै पटक पुलिसको कुटाईबाट ससक्त घाईते हुनुपरेको तितो ईतिहास छ उनीसंग ।

संगठनको काम र निस्वार्थ जनसेवामा समर्पित क.सुर्य रोकायालाई २०६७ सालमा स्वबियु काउन्सिलको केन्द्रीय सदस्यमा मनोनीत हुदै २०६९ सालमा अनेरास्ववियु बाँकेको १७औं जिल्ला सम्मेलनबाट जिल्लाको दोस्रो कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित हुदै विद्यार्थीहरुका शैक्षिक मुद्दा, माफीया, घुसखोरी,कालोबजारी र बिभिन्न बिकृति र बिसंगतीका बिरूद्ध सडकमा आन्दोलन गर्दै २०७० सालको अनेरास्ववियुको २१औ राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुदै बाँकेको ईन्चार्ज र भेरी अञ्चलको सह इन्चार्जको जिम्मेवारी पाउँन सफल भए र संगठनमा काम गर्दै २०७२ सालको अनेरास्ववियुको २२औ राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित र ५ नम्बर लुम्बिनी प्रदेशको सह सम्योजक भएर संगठनलाई उचाइमा पुर्याउन र चलायमान बनाउन एकदमै ठुलो भुमिका निभाए ।

नेकपा एमाले र नेकपा माओवादी बिच एकता अर्थात् नेकपा भएको बेला अनेरास्ववियुको केन्द्रीय सदस्यमा रहेर महत्वपूर्ण भुमिका खेल्दै २०७४को चुनावमा लुम्बिनी र कर्णाली अञ्चलका बिभिन्न स्थानिय तह,प्रदेश र संघका उम्मेद्वार जिताउन उल्लेखनीय भुमिका खेलेका राकाया र पार्टी बिभाजन पश्चात संगठनको स्थाइ कमिटी सदस्यमा रहदै संगठन र पार्टी जोगाउन एकदमै शतिसालझै उभ्भिएर ससक्त ढङ्गले देशकै ठुलो पार्टी बनाउनमा ठुलो भुमिका सहितको अग्रमोर्चामा गोलबन्द भए ।

अनेरास्ववियु पुनर्गठन पश्चात केन्द्रीय सचिव एबम् कर्णाली प्रदेश कमिटी ईन्चार्ज भएर उल्लेखनीय काम गर्दै आएका रोकाया संगठनका हरेक महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै लामो संघर्ष,हरेक क्षेत्रमा एकदमै अब्बल र अनुभवका साथ बिध्यार्थी साथिहरुका एकदमै प्रिय पात्रको रूपमा चिनिएका छन । कैयौं नेपाली जनताको सेवा गर्दै २०७२ सालको भुकम्प होस्, या नेपाल भारत नाका बन्दिको समयमा होस, चाहे बाढी पहिरोको समयमा होस्,चाहे सिमानाको रक्षाका समयमा होस् हरेक ठाउँमा आफ्नो ज्यानको कुनै प्रभाव नगरी सेवामा समर्पित हुदै आएका रोकाया एक चम्किलो ताराका रूपमा उदयमान छन ।

असाहय, निमुखा, गरीब, साहारा नभएका विद्यार्थी बालबालिकाहरूको आवाज बनि देशैभरीका विद्यार्थी साथीहरुको एक कुशल लिडरको रूपमा स्थापित भएका क.सुर्य रोकाया अब देशैभरीका विद्यार्थीहरुको आकांक्षा अनुसार महान् तथा गौरवशाली संगठन, विद्यार्थीसाथिहरुको आवाज बुलन्द पार्न अबको २३औ राष्ट्रीय महाधिवेशनको उपाध्यक्ष पदमा आफलाई प्रस्तुत गरेका छन । महाधिवेशनमा पाल्नुहुने सम्पुर्ण विद्यार्थी साथीहरुले आफ्नो अमूल्य मत दिई क.सुर्य रोकायालाई उपाध्यक्ष पदमा भारी मतले बिजयी गराउन मेरो आब्हान रहेको छ ।

लेखक भट्टराई अनेरास्ववीयु बांके जिल्ला उपाध्यक्ष हुन ।

Nabintech