२१ बैशाख २०८१, शुक्रबार
भक्तपुरमा सवारी दुर्घटना : दुईजनाको मृत्यु

बसमाठक्कर खाँदा सूर्यविनायकमा स्कुटी ​चालकको मृत्यु


  • टाइम्स संवाददाता

  • २८ माघ २०७९, शनिबार ०७:३४

भक्तपुर : चाँगुनारायण नगरपालिका–६ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौं शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शंकर भोलोन तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

त्यस्तै बसमाठक्कर खाँदा सूर्यविनायकमा स्कुटी ​चालकको मृत्यु भएको छ। बा ९९ प ३४८५ नम्बरको स्कुटीकी चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको हो। काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बा ४ ख ८९१२ नम्बरको बसमा ठक्कर खाएको हो।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताए। बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nabintech