५ जेष्ठ २०८१, शनिबार
सञ्चालनमा आयो कोहलपुरमा एक करोड लागतको घैंटो

घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.ले ३६ जनालाई प्रत्यक्ष र ५ जनालाई परोक्ष रोजगार दिएको छ


  • टाइम्स संवाददाता

  • २८ माघ २०७९, शनिबार २०:२२

कोहलपुर, बांके: बांकेको कोहलपुरमा पांच जना युवाहरुको सक्रिएतामा एक करोड लागतमा एउटै छाना मुनि पार्टि प्यालेस सहितको हिमाली थकाली भान्सा घर, क्याफे, स्कुनर हाउस एबं लोक दोहरी सांझ सञ्चालन हुने गरि घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.लाई सञ्चालनमा आएको हो ।

शनिबार कोहलपुर ११ दशबिगाह पुर्बि गेटमा रहेको घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.को उदघाटन गर्दै कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले ठुला लगानिका होटल उद्योग खोलिनु कोहलपुरको लागि गर्वको बिषय भएको चर्चा गर्दै युवाहरुले उच्च हौसलाका साथ ईमान्दारीका साथ अनबरत सञ्चालन कसरी गर्ने बिषयमा गम्भिर हुनुपर्नेमा जोड दिईन ।

जनसंख्याका हिसावले कम जनघनत्व भएको कोहलपुर क्षेत्रमा अति महत्वाकांक्षाका यस्ता परीयोजना सञ्चालनमा ल्याउनु आफैमा चुनौतीपुर्ण रहेको भन्दै उप प्रमुख सुबेदीले फरक खाले अबधारणाका साथ प्रस्तुत घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.को प्रगतिको कामना गर्दै यो रेष्टुरेण्ट कोहलपुरको प्रतिष्ठाको बिषय समेत रहेकाले कोहलपुर नगरबाट युवाहरुलाई प्रोत्साहन हुने जुनसुकै सहयोग गर्न आफु पछि नपर्ने जिकिर गरिन ।
सामान्य मनोरञ्जन लिन नेपालगञ्ज धाउनुपर्ने कोहलपुरको बाध्यतालाई घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.ले अन्त्य भन्दै उप प्रमुख सुबेदीले कोहलपुरमा ब्यापार ब्यबसाय गरेर दिनभर थकित भएका ब्यबसायीहरुको मनोरञ्जनकालागि आसातित गन्तब्य नै घैंटो डि. लाउण्ड हुनेमा आफु बिश्वस्त रहेको बताईन ।

 

रुद्र प्रसाद खनाल संयोजक रहेको घैंटो डि. लाउण्ड एण्ड बारमा अन्य सञ्चालक सदस्यहरुमा खेमराज शर्मा, सञ्दिप बानिया, सञ्जित वली र लक्ष्मण पौडेल रहेका छन । आज पहिलो दिन इन्द्रेणीका छत्र शाहि र काजल जोशिले लोक दाहरी मार्फत भरपुर मनोरञ्जन दिईरहेका छन ।
यसैगरि राष्ट्रिय लोक दोहरीमा ख्याती प्राप्त कलाकारहरुले फाल्गुण दुई गते सम्म मनोरञ्जन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ तत पश्चात नियमित रुपमा स्थानिय कलाकारहरुबाट दैनिक दोहरी सांझको आयोजना हुने सञ्चालक खेम शर्माले जनाए ।

घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.का संयोजक रुद्र खनालको सभापतित्वमा आयोजि रेष्टुरेण्ट उदघाटन कार्यक्रमको सञ्चालन सञ्चालक खेमराज शर्माले गरेका थिए ।

Nabintech