१६ कार्तिक २०८१, शुक्रबार
जनताले दिएको शक्ति सहि ठाउमा सदुपयोग हुन्छ : मन्त्रि चौधरी

फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने


  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०७९, सोमबार २०:४४

कोहलपुर, बांके: लुम्बिनी प्रदेश सभाका नव नियुक्त माननिय वन तथा वाताबरण मन्त्रि दुर्गा प्रसाद चौधरीले जनताले आफुलाई प्रदेश सभा जस्तो गरिमामय सदनमा पठाई मन्त्रि समेत बनाएको प्रति आभार ब्यक्त गर्दै जनताले दिएको यो शक्ति सहि ठाउमा सदुपयोग हुने बताएका छन ।
आज (सोमबार) कोहलपुरमा नेकपा एमाले नगर कमिटी कोहलपुरले आयोजित नव नियुक्त मन्त्रिको बधाई तथा धन्यबाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि चौधरीले यस्तो बताएका हुन ।

नव नियुक्त माननिय मन्त्रि चौधरीले जनताले मत हैन मन दिएका हुन मन दिएको आभास हुने गरि आफुले कार्य गर्ने पुन प्रतिबद्धता जनाएका छन । ”काटनु भन्दा अगाडि नाप्न जरुर” भए जसरी आफुले हरेक काम गर्दा नापेर र जनचाह अनुरुप मात्र गर्ने बताए ।

नि:शुल्कको भ्यालु नहुने गरेको भन्दै अहिले बिकशित देशहरुमा वातावरण संरक्षण र पर्बद्धनका निम्ति बजेट नै बिनियोजन हुने गरेको चर्चा गर्दै प्रकृतीलाई बचाएर विकास गर्ने अभिभारा आफनो कांधमा आएको जिकीर गरे । विकासका लागि वन मन्त्रालय बाधक बन्दैन तर उचित निकास सहितको विकासका पक्षमा आफु सदा तत्पर रहने उल्लेख गर्दै काठ सडन नदिने गरि राज्यको सम्पत्तिको क्षय हुन नदिन र राज्यको आय बृद्धिका निम्ति आफुले कामको थालनी यथाशिघ्र गर्ने बताए ।

बनलाई संबृद्धिसंग जोडने आफनो योजना रहेको चर्चा गर्दै मन्त्रि चौधरीले जल जंगल र जमिनको भरपुर उपयोग हुने वातावरण मिलाई जनताको आय स्तरमा बृद्धि हुने गरि निती नियम बनाई कार्यान्वयन गर्ने गरि कार्य गर्ने जनाए ।

प्रदेश सभा सदस्य बसन्ति अधिकारीले वन मन्त्रालय अन्तरगतका वन कार्यालयहरुमा चट्टा लगाइएका काठहरु कुहिएर खेर गईरहेको तर सरकारले मलेशियाबाट काठ खरिद गरिरहेको प्रति इंगित गर्दै सर्वसाधारणले विना झन्झट नेपाली काठ पाउने ब्यबस्था गर्न प्रदेश सरकारसंग अपिल गरेकी छिन । उनले सदनमा समेत यो बारे आवाज उठाउने भन्दै जनताले संरक्षण गरेको हरीयो वन नेपालको धन भन्ने नारा नाामा मात्र सिमीत भएको प्रति चिन्ता ब्यक्त गर्दै जनताले प्रदेश सरकार भएको महशुस हुनेगरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा संबिधान सभा सदस्य देवराज भार, पुर्व नगर प्रमुख लुट वहादुर रावत नेकपा एमालेका प्रदेश कमिटीका सदस्यहरु बिभिन्न जन बर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा एमाले नगर कमिटी सचिव गोमा खनालले गरेकी थिईन ।

Nabintech