२४ आश्विन २०८३, शनिबार
कोहलपुरमा एकल तीज नृत्य प्रतियोगिता हुने

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०८३, बुधबार १०:३५

नेपाली महिलाको महान पर्व तिजका अवसरमा अखिल नेपाल महिला संघ कोहलपुर नगर कमिटीले तीजलाई मौलिक सांस्कृतिक पहिचानसँग जोड्दै खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।
अनेमसंघ कोहलपुर नगर कमिटीअध्यक्ष कृष्ण कुमारी बुढाद्वारा जारी बिज्ञप्तिमा सो कुरा जनाइएको छ। आगामी भदौ २० गते कोहलपुरस्थित भेरी शीत भण्डारको प्राङ्गणमा एकल खुला तीज नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको हो । आज बुधवार कोहलपुरमा अनेमसंघ नगर कमिटि कोहलपुरद्धारा आयोजित पत्रकार भेटघाटमा उक्त कुरा जनाईएको हो ।
संगठनकी कोहलपुर नगर अध्यक्ष कृष्ण कुमारी बुढाको अध्यक्षतामा सम्पन्न बैठकले प्रतियोगिता मार्फत तीजको सांस्कृतिक पक्षलाई जीवन्त राख्ने र महिला प्रतिभालाई सार्वजनिक मञ्च प्रदान गर्ने निर्णय गरेको उल्लेख गर्दै अनेमसंघको बैठकको एजेण्डा तीजमा मात्र सीमित नरहेको अध्यक्ष बुढाले बताइन।

उनले नेकपा एमालेले ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ’ भन्ने नारासहित अघि बढाएको मिसन पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउन अनेमसंघ नगर कमिटिले ग्रासरुट सम्म कमिटि गठनको अभियानलाई तिब्रता दिएको उल्लेख गरिन । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण नगर सहसचिव डिलमाया डागिले गरेकी थिइन।
एकल तीज गित नृत्य प्रतियोगितामा सहभागीताका लागि रु ५ सय रुपैँया रहेको छ भने प्रथम, दृतिय,तृतीय र सान्त्वनालाई क्रमशः ५हजार,४हजार,३हजार र१हजार पुरस्काररहेको जनाइएको छ। यस्तै कार्यक्रममा सहभागीलाई नगद रु ६ सय सहित प्रमाणपत्रले सम्मान गरिने आयोजकले जानाएको छ ।

Nabintech