२५ कार्तिक २०८१, आईतवार
मुम्बईमा भण्डारीको उपचार जारी, आज दुई शल्यक्रिया

नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन


  • रासस 

  • ५ फाल्गुन २०७९, शुक्रबार ०८:२७

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ।चिकित्सक डा.सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य छ। तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्ने मुम्बईमा रहेका कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र शरीरमा फ्लुडको मात्रा दोब्बर पार्ने चिकित्सकले जनाएका छन्। बिहान पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए। नेपालमा उपचार सम्भव नभएपछि भण्डारीलाई  नभएपछि बिहीबार दिउँसो भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको थियो।

नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

आफ्नो निवासमा ग्यास लिक भई बुधबार राति आगलागी हुँदा सांसद भण्डारी र आमा हरिकला घाइते भएका थिए। उपचारकै क्रममा बिहीबार बिहान आमाको निधन भएको थियो।  नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

 

Nabintech