६ जेष्ठ २०८१, आईतवार
कोहलपुरमा आजदेखि क्रिसा रनिङ्ग शिल्ड

४२ वटा विद्यालयहरु सदस्य रहेकोमा३२ वटा विद्यालयहरुले सहभागि


  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०७९, शनिबार १९:४५

कोहलपुर, बांके: कोहलपुरमा १३औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार कोहलपुरको १३ बिगाहमा शुरु भएको छ । संस्थागत विद्यालयहरुको संगठन क्रिसाको आयोजनामा भएको १२औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको कोहलपुर नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी सुरु भएको हो ।

उद्घाटन गर्दै नगर प्रमुख आचार्यले शिक्षालाई प्रभावकारी बनाउनका लागि विद्यार्थीलाई स्वस्थ र सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए । कोहलपुरमा मेयर कप, उपमेयर कप र क्रिसाले गरिने रनिङ्ग शिल्डमा बालबालिकाले आफ्नो क्षमतालाई प्रदर्शन गरी पहिचान बनाएको आचार्यले बताए ।

कार्यक्रमका सभापति बेगम चन्दले संस्थागत विद्यालयहरुले खेल सप्ताह र रनिङ्ग शिल्ड प्रतियोगिता निरन्तर गरिरहेको बताए । फागुन ६ गतेबाट सुरु भएको रनिङ्ग शिल्ड प्रतियोगिता ८ गतेसम्म चल्ने छ ।

प्रतियोगिता ४२ वटा विद्यालयहरु सदस्य रहेकोमा३२ वटा विद्यालयहरुले सहभागि जनाएका छन् । आज पहिलो दिनमा एथलेटिक्स तर्फ छात्रछात्राको १ देखि ५ कक्षा सम्म १०० मिटर दौड, मावि तर्फ सटपट, निमावि तर्फ २०० मिटर र प्रावि तर्फ १०० मिटर दौड भएको फिल्ड एव व्यवस्थापनका संयोजक तथा फिल्ड मार्सल रमेश खत्रीले जानकारी दिए ।

Nabintech