११ मंसिर २०८१, मंगलवार
जेलमुक्त भएपछि सांसद चौधरीले भने– म माथि राजनीतिक प्रतिशोध साँधियो

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन्


  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७९, आईतवार ११:१९

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

कैलाली : नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन्।  कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आइतबार रिहा भएका हुन्।  प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन्।

उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन्।

रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन्। पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए।

 

 

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो।तर उनले कैद भुक्तान भने गरेका थिएनन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए

नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अरुण चौधरीले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको प्रतिक्रिया दिएका छन्।

कैलाली कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताए। ‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ, ’ चौधरीले भने। भर्खरै उदाउन लागेको दललाई खुम्च्याउन खोज्ने परिपाटी नेपाली राजनीतिमा राम्रो नदेखिएको पनि उनले बताए।

‘राजनीतिक प्रतिशोध लिएको जस्तो। एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ,’ चौधरीले भने, ‘यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’

Nabintech