५ जेष्ठ २०८१, शनिबार
निर्यातलाई बढवा दिदै आयात घटाउनु पर्ने : मन्त्री भण्डारी

देशमा व्यापारीहरुले झेल्नु परेको संकट नेपाल सरकार नभइ ठुला व्यापारीहरुका कारण संकट


  • रविन्द्र सिंह ठकुरी

  • १० फाल्गुन २०७९, बुधबार ०८:३६

कोहलपुर, बांके:उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले अहिले देशमामा निर्यातलाई प्राथामिकतामा राख्नुपर्ने धारना ब्यक्त गर्नुभयो । उहाले निर्यातलाई बढवा दिदै आयात घटाउनु पर्ने भन्दै देशको आर्थिक अवस्था दैनिक रुपमा खस्कीदै गैरहेको हुदा स्थानीय उत्पादन र निर्यातलाई बढवा दिनु पर्ने कुरामा जोड दिनुपर्ने बताउनु भएको थियो ।

मंगलबार कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा उद्योगी तथा ब्यापारीहरु सँग अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले उक्त कुरा बताउनु भएको हो । भण्डारीले राजनितिक अस्थिरताका कारण देशमा औद्योगिक क्षेत्रमा विकास हुन नसकेको बताउनु भयो । उहाँले नौवस्ता औद्योगिक ग्राम निमार्ण कार्य सम्पन्न गर्न सके सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशहरुको केन्द्रविन्दुका रुपमा स्थापना हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

भण्डारीले देशमा व्यापारीहरुले झेल्नु परेको संकट नेपाल सरकार नभइ ठुला व्यापारीहरुका कारण संकट देखा परेको बताउनु भयो । उहाँले उद्योगी र व्यपारीहरुलाई चर्को शुल्क लिने नेपाल सरकार माताहत रहेका बैंक नभएको दावी गर्दै ठुला व्यापारीहरुले नै खोलका निजी बैँकहरु रहेको जानकारी समेत दिनु भयो । उहाँले नीजि बैंकहरुको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीहरुलाई थप समस्या देखा परेको स्वीकार गर्नुभयो । बाँकेको नौवस्तामा औद्योगिक ग्राम निमार्ण गर्न नसक्दा बार्षिक रुपमा विकास बजेट फिर्ता हुने समस्याका देखा परेको हुदा यहाँका स्थानीय निकाय र जिल्लामा रहेका राजनितिक दलहरुले काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

स्थानीहरुलाई केन्द्र सरकारले काम गरेन भन्ने र स्थानीय राजनितिक दलहरुले काम अल्झाइरहेको आफुले देखेको समेत बताउनु भयो । सबै राजनितिक दल र स्थानीयहरु एक जुट भएको खण्डमा नौवस्ता औद्योगिक क्षेत्रको काम टण्डर दिन आफु तयार रहेको समेत बताउनु भयो । विकासका काममा सबै एक हुन पनि उहाँले आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी , उद्योगी ज्ञानेन्द्र खनाल , यातायात व्यवसायी मन प्रसाद आचार्य लगाएत व्यापारीहरुले विद्यमान व्यापारी तथा उद्योगीहरुका समस्या बारे बोल्नु भएको थियो ।

Nabintech