५ जेष्ठ २०८१, शनिबार
कोहलपुर महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागिता

महोत्सवको छैटौं दिन गाएकद्धव प्रकास सपुत,राज कुस्मि गायिका टिका पुनको बेजोड प्रस्तुती रहेको थियो


  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७९, बुधबार १९:२९

कोहलपुर :कोहलपुरमा गत शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ छैंटौं दिन उत्साहजनकरुपमा दर्शकहरुले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको छैटौंं दिन  ९ गते जस्तै उल्लेख्य संख्यामा  अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले कोहलपुर टाईम्सलाई बताइन् ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार महोत्सवमा राम्रो कारोबार भईरहेको दावि गरेका छन । अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ ’ उनले भने । कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् ।

महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको छैटौं दिन गाएकद्धव प्रकास सपुत,राज कुस्मि गायिका टिका पुनको बेजोड प्रस्तुती रहेको थियो भने मोडल तथा डान्सर सुनिता दहित एबं स्थानिय कलाकारहरुले सांगेतिक प्रस्तुती पस्केका थिए । महोत्सवको छैटौं दिन कोष खडका र शितल शर्माले उदघोषण गरेर दर्शकहरुलाई आर्कषित गरेका थिए ।

Nabintech