२२ बैशाख २०८१, शनिबार
कोहलपुर बितरण केन्द्रबाट एकद्वार प्रणालीबाट सेवा प्रवाह

कोहलपुर वितरण केन्द्रले आफ्नो स्थापनाकालको छोटो अवधीमै सेवा प्रवाह छिटोछरितो बनाउन विभिन्न रचनात्मक अभ्यास अपनाउदै


  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार १२:२३

कोहलपुर: नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना विभिन्न सेवाहरु शुक्रबारदेखि एकद्वार प्रणालीबाट प्रवाह गर्न थालेकोछ। सेवाग्राहीहरुको बढीजसो चाप हुने नयाँ मिटर जडान, मिटर ठाँउसारी,विद्युत क्षमता वृद्धिरघटी, मिटर बन्दरबदली,विद्युत नामसारी, लगत खारेज जस्ता कार्यका लागि सेवा लिन आउनुहुने ग्राहकहरुको विभिन्न फाँट धाउनुपर्ने, प्रक्रियागत अनभिज्ञताको समस्यालाई अन्त्य गर्दै कोहलपुर वितरण केन्द्रले अब देखि उक्त सेवाहरु एकै ठाउँबाट प्रवाह गर्ने भएको हो।

ग्राहकहरु एक ठाउँमा पुगेर आवेदन दिएपछि आवश्यक सेवाका लागि अब कर्मचारीले नै आफैं प्रक्रिया पुरा गरेर कार्य सम्पादन गर्ने छन्।
कोहलपुर वितरण केन्द्रद्वारा शुक्रबार आयोजित एक कार्यक्रमबिच लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख श्री हरि प्रसाद पाण्डेले सो कार्यको औपचारिक उदघाटन गर्नुभयो।

यो संगै, डिभिजन प्रमुख श्री पाण्डेले वितरण केन्द्रको नवनिर्मित भवन, ग्राहकहरुको सुविधाका लागि बनाइएको एसी भएको वातानुकुलित  ग्राहक प्रतिक्षालय हल तथा टोकन पद्धति बाट महसुल भुक्तानीका लागि ग्राहक व्यवस्थापन प्रणाली समेतको वँहाले एकैपटक उद्धघाट्न गर्नुभयो।लगभग ७३ लाख बढीको लागतमा भवन तयार भएको जनाइएकोछ।

उदघाटन लगत्तै एकद्वार प्रणालीअन्तर्गत सेवा लिन पहिलो आउनु हुने एकजना र टोकन प्रणालीबाट तीन वटा काउन्टरमा महसुल बुझाउन पहिलो हुने तीन जना ग्राहकहरुलाई खादा ओढाइ स-सम्मान स्वागत गरिएको थियो। नेपालगन्ज वितरण केन्द्रबाट गत २०७३ फाल्गुन १२ गते छुट्टै वितरण केन्द्रको रुपमा अलग्गिएको कोहलपुर वितरण केन्द्रले आफ्नो स्थापनाकालको छोटो अवधीमै सेवा प्रवाह छिटोछरितो बनाउन विभिन्न रचनात्मक अभ्यास अपनाउदै आएकोछ।

केन्द्र प्रमुख  सुरज रेग्मीको सभापतित्वमा आयोजित सो उद्घाटन कार्यक्रमको अवसरमा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्राविधिक प्रमुख  टंकराज गिरि, प्रशासन प्रमुख  गोपालप्रसाद ओझा,लेखाप्रमुख गोविन्दप्रसाद ढकाल, नेपालगन्ज वितरण केन्द्र प्रमुख  दिवाकर प्याकुरेल,कर्मचारी,ग्राहक लगायतको विशेष उपस्थिति रहेको थियो।

यसैगरी,कोहलपुर वितरण केन्द्रले २४ घन्टाभित्र सिंगल फेज मिटर हस्तान्तरण कार्यको सुरुवात , निर्धारित समयमै मिटररिडिङ कार्य, अनलाइन भुक्तानी प्रवद्धनका लागि विभिन्न योजना नियमन गर्दै आएको छ।

Nabintech