२३ बैशाख २०८१, आईतवार
शिवशिखर सहकारीको कोहलपुर शाखाले ठगी गरेको आरोपमा बचतकर्ताहरु आन्दोलनमा

बाकेको बैजनाथमा रहेको शिवशिखरको मार्ट समेत बन्द


  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०७९, आईतवार १७:१८

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकामा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगी गरेको बचतकर्ताहरुले आरोपमा लगाएका छन । सहकारीले बचत रकम फिर्ता नगरेको भन्दै कार्यालयमा आइतबार विहानैदेखि आन्दोलन गरेका हुन् । बैजनाथ, राप्तीसोनारी, कोहलपुर र अन्य क्षेत्रका करिब १ सय जना भन्दा बढि बचतकर्ताहरुले आन्दोलन गरेका थिए ।

कोहलपुर नगरपालिका– ५ का दिपक ढुङ्गानाले आफुले दैनिक गरेको बचत समेत र्फिता नदिएपछि ठगी गरेको आरोपमा लगाएका छन् । ‘करिब ३ महिना भन्दा बढि भयो १० हजार चेकको रकम लिनुपर्ने म्याद सकिएको तर रकम दिएको छैन’ उनले भने, ‘जहिले पनि भोली–भोली भन्दै तीन महिना वित्तीसक्यो । एक रुपैया समेत रकम दिएको छैन, रकमको लागि कहिलेसम्म कुर्नुपर्ने हो ? उनले प्रश्न गरे । ‘मेरो त यहाँ बालबालिकाको बिमा बापत मासिक ६ हजार र दैनिक बचत गर्दै आएको बताए ।

बैजनाथमा रहेको शिवशिखरको मार्ट समेत बन्द  भएको खबर पाएका छौं, यहाँ पनि बन्द भएर भागे भने हाम्रो पैसाको सुरक्षा कस्ले लिने ? त्यसकारणले ठगी गरेर फरार हुने नियत देखिएकोले कानूनी उपचार खोज्ने उनको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका ५ की सिर्जना थारु । उनको बाल बचत हो । उनले आफ्नो छोराको बाल बचत गरेकी थिइन् । उनले आफ्नो ५ लाख बढि रकम छ, र्फिता लिन आएकी हुँ तर नपाएपछि आन्दोलन गरिरहेकी छु,’ उनले भनीन्, ‘अहिले सबै रकम चाहिएको होइन् ।’ १० हजारको चेकको मात्र रकम लिन आउँदा र्फिता नदिएपछि आन्दोलनमा होमिएको थारुले बताइन् । यि प्रतिनिधि मुलक पात्र मात्र हुन् ।कोहलपुरमा आज करिब १ सय ५० जना व्यक्तिहरुले आफ्नो बचतर्फिता लिन आएका थिए । उनीहरुले महिनौदेखि भोली भोली भन्दै ठगेको आरोप लगाएका थिए । शिव शिवर कोहलपुरले अचल सम्पतीमा लगानी लगाएकै कारणले गर्दा समस्या आएको शिवशिखर सहकारी कोहलपुरका शाखा प्रमुख सुनिता थारुले बताएकी थिइन् । ‘अहिले तत्कालको लागि मात्र रकम नभएको हो,’ उनले भनीन्, ‘केही दिनपछि रकम दिनका लागि भोली सञ्चालक समितिको बैंठक बस्दैछ ।’ धेरै ग्राहकहरु एकैपटक रकम माग्न आएको हुदा बचत फिर्ता गर्न समस्या भएको बताईन । सहकारीले कसैको ठगी गरेको छैन । सबैको फिर्ता हुन्छ उनले भनिन् ।

यस्तै शिवशिखरका सञ्चालक समितिका अध्यक्ष शुशिल बानियालाई ठगी गरेको आरोप लगाएपछि सोही विषयमा बुझ्नका लागि सम्पर्क गर्दा फोेन बारम्बार काटेपछि सम्पर्क हुन सकेन ।
यस सहकारीका कोहलपुर क्षेत्रमा मात्र करिब १२ देखि १३ हजारको संख्यामा बचतकर्ताहरु रहेका छन । भने झन्डै ६५ करोडको हाराहारीमा रकम फिर्तागर्नु पर्ने हुन्छ । सहकारीको नियत राम्रो नदेखिएका कारण बचतकर्ताहरु अहिले प्रशासनमा उजरी दिने तयारीमा रहेको एक बचतकर्ताले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

Nabintech